प्रमोद यादव, पंचगावाँ, ५ मङ्सिर/
सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्गर्तत बुधवार इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले वनदेवी आधारभूत विद्यालय, भतौडाका विद्यार्थीहरूलाई जनचेतनामूलक प्रशिक्षण दिएको छ ।

विश्व बाल दिवसको अवसरमा सो विद्यालयका विद्यार्थीहरूलाई प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले नेपालको संविधानले बालबालिकालाई प्रदान गरेका हकअधिकार, बालबालिकाविरुद्ध हिंसा, यौन दुव्र्यवहा, कानूनले निर्धारण गरेको सजायलगायत लागूऔषधका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीहरूको सहभागिता थियो । प्रधानाध्यापक सुभाषप्रसाद दासको अध्यक्षतामा भएको कार्यक्रमको शिक्षिका सुष्मिता चौधरीले सहजीकरण गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here