• सञ्जय साह मित्र

सर्वसाधारणका लागि टेलिभिजन सहज भएको धेरै वर्ष भएको छैन । सर्वसाधारणको पहुँचमा आउनुभन्दा पहिले टेलिभिजन सबैभन्दा बढी उत्सुकताको विषय थियो । जतिखेर मानिस सिनेमा हेर्न हलसम्म पुगेर फर्केपछि सिनेमाको वर्णन कैयौं दिनसम्म गर्दथे र सुन्नेहरू उत्सुकतापूर्वक सुन्दथे, त्यस जमानामा टेलिभिजनको निकै ठूलो महŒव थियो । टेलिभिजन हरेक गाउँमा थियो भन्ने पनि होइन । नेपालमा प्रजातन्त्रको पुनरोदय हुनुभन्दा पहिले टेलिभिजन निकै सीमित घरमा थियो । बजार क्षेत्रमा बढी अवश्य थियो, र यो सम्पन्नताको प्रतीक र सम्मानको विषय हुन्थ्यो । टेलिभिजनले मानिसमा आकर्षणको जादू चलाएको थियो वा मानिसहरू त्यसै घारमा माहुरी टाँसिएजस्तै टाँसिन चाहन्थे, अहिले विचार गर्दा कहालीलाग्दो हुन्छ ।

मानिसहरू किन टेलिभिजन हेर्दथे ? किन टेलिभिजन हेर्नुपर्छ र किन हेरिरहेका छन् ? यी प्रश्नहरू पनि कहिलेकाहीं नआउने होइन मनमा । अहिले यस्ता धेरै मानिस भेटिन्छन् जो भन्दछन् कि घरमा टेलिभिजन त छ, तर म हेर्दिनँ । नहेरेको धेरै महीना भइसक्यो र कतिपय धेरै वर्ष भइसक्यो नै भन्छन् । पहिले किन बढी हेरिन्थ्यो र अहिले किन कम हेरिन्छ भन्ने विषयमा पनि सामान्य समीक्षा गर्न थाल्छन् । सामान्य समीक्षा के भने आजभोलि दिनभर मोबाइल खेलाइन्छ । जे हेर्नुछ, मोबाइलमैं हे¥यो । टेलिभिजन हेर्न मनै लाग्दैन, फुर्सद नै हुँदैन ।

पहिले पनि मानिसको रुचि एकै किसिमको थिएन र अहिले पनि सबै मानिसको रुचि एकै किसिमको छ भन्ने कुरामा विश्वास गर्न सकिन्न । अहिले टेलिभिजन किन्न पसलमा निकै कम ग्राहक पुग्दछन् । टेलिभिजन पसलमा गएर सोध्ने हो भने पाँच वर्षमा यसको बिक्री निरन्तर घटेको पाइन्छ र अबको दिनमा यसको बिक्री बढ्ला भन्ने आशा पनि छैन भन्ने जवाफ पाइन्छ । टेलिभिजनको आकर्षण कम हुनुमा बिक्रेताहरूले पनि टेलिभिजनले प्रसारण गर्ने कार्यक्रम नभएर मोबाइल नै कारण बताउँछन् । अन्ततः मोबाइलकै कारण टेलिभिजनको दर्शक कम भएको तथा टेलिभिजन हेर्न छाडेको धेरैको बुझाइ पाइन्छ ।

जतिखेर गाउँमा टेलिभिजनको रङ्गीन पर्दा पुगेको थिएन, त्यत्तिखेर ब्ल्याक एन्ड ह्वाइट पर्दामा नै मानिस रमाउँथे । कैयौं गाउँका मानिस जम्मा भएर टेलिभिजन हेर्ने भनेको रामायण सिरियल थियो । अनि रामायण सिरियलले नै धेरै गाउँमा टेलिभिजन पु¥याएको पनि हो । रामायणको लगत्तै केही समयपछि महाभारत सिरियल आयो, अनि शिव पुराण । रामायणदेखि शिव पुराणसम्म आइपुग्दा टेलिभिजन हरेक गाउँ र टोलसम्म पुगिसकेको थियो र महाभारतको समयदेखि हरेक शनिवार एउटा हिन्दी फिलिम दिइरहेको छ भन्ने हुन गएको थियो । हप्तामा दुई दिन धेरै मानिसले टेलिभिजन हेर्ने युगको शुरूआत भइसकेको थियो ।

अनि त ग्रामीण समाजमा टेलिभिजन दाइजोको अघोािष्त जिनिस हुन थाल्यो । रङ्गीन टेलिभिजन बढिरहँदा नेपालमा विभिन्न केबुल टेलिभिजनहरूले विस्तार पाइरहेका थिए । साना बजारसम्म केबुल टेलिभिजनले विस्तार पाउँदा पहिले जुन टेलिभिजनको पर्दामा एक वा दुई च्यानल आउँथ्यो, त्यसमा पचासFैं एक साथ आउन थाले । अनि फेरि टेलिभिजनको विस्तारले अर्को रूप लियो । बजार क्षेत्रमा घरघरमा टेलिभिजन पुगेको यही केबुल टेलिभिजनको उत्कर्षको समयमा हो । बिस्तारै साधारण बजारसम्म केबल टिभी नेटवर्कहरूले विस्तार पाएपछि मन लागेको च्यानल हेर्न पाउने भन्ने विकल्प देखाप¥यो ।

यस विकल्पले केही हदसम्म बजारमा प्रभाव पारिरहेको थियो, त्यही बेला यसले ग्रामीण क्षेत्रलाई सजिलो बनाएको हो । ग्रामीण क्षेत्रमा विनातार सोझै डिसबाट हेर्न पाउने गरी दर्जनौं च्यानल पुग्न थालेपछि टेलिभिजनको विस्तार र पहुँचका साथै च्यानलहरूको पहुँच बढ्न गयो । यसले मानिसको रुचिको विविधिकरण भयो । गाउँमा पनि मानिसले समाचार हेर्न थाले । गाउँमा पनि फिलिम हेर्न थाले र यही समय हो जब गाउँमा पनि क्रिकेटको विस्तार हुन थाल्यो । जब टेलिभिजनमा क्रिकेटको सजीव तस्वीर आउन थाल्यो अनि क्रिकेटले राम्रो स्थान पाउन थाल्यो ।

नेपाली, हिन्दी र अङ्ग्रेजी सबै भाषाका गीत, समाचार, फिलिम तथा खेलकूद रङ्गीन पर्दामा हेर्न पाएपछि मानिसलाई टेलिभिजनले निकै आकर्षित गरेको थियो । केही नेपाली च्यानलमा देखाइने सिरियल तथा हास्य शृङ्खलाले पनि आकर्षित नपारेको होइन तर बजारमा जब एन्ड्रोइड मोबाइल सहज हुँदै गयो तथा जब मोबाइलमा फोरजी आयो तब टेलिभिजनभन्दा धेरै छिटो र धेरै सहज म्यासेज, समाचार तथा अन्य सामग्री हेर्न पाउने सुविधा उपलब्ध हुन थाल्यो । यही अवस्था टेलिभिजनको दर्शक घटाउन मुख्य भूमिका खेल्न पुग्यो । बिस्तारै मोबाइलको विस्तार यति धेरै भयो कि कतिखेर एक परिवार एक मोबाइलबाट युग एक व्यक्ति एक मोबाइलमा प्रवेश ग¥यो, थाहै भएन । कसैले कल्पना नै गरेको थिएन कि मोबाइल यति कम समयमा यति धेरै पहुँच भएको साधन बन्ला । त्यसो त मोबाइलले टेलिभिजनको बेपार मात्र कम गरेको होइन, क्यामरा, स्टुडियो, रेडियो, अखबार आदि धेरै क्षेत्रलाई प्रभावित पारेको छ वा धेरै कुराको काम चलाउने साधनको रूपमा मोबाइलको विकास भएको छ ।

टेलिभिजनको क्षेत्रमा अहिले नयाँ प्रयोगहरू पनि भइरहेका छन् । मोबाइलमा सीमित हुँदै गएको टेलिभिजन अहिले अनलाइनको रूपमा आउन थालेको छ । सबैजसो चर्चित र ठूला टेलिभिजन पनि अनलाइनमार्फत देखिन थालेका छन् । यति मात्र होइन, पछिल्लो समयमा अनलाइन टेलिभिजनको युग नै शुरूआत हुन थालेको छ । मोबाइलमा टेलिभिजन आउने त भइ नै हाल्यो, मोबाइलमा मात्र आउने टेलिभिजन च्यानलहरू पनि आइसकेका छन् । यस्ता च्यानलरूको दर्शक र क्षेत्र सीमित हुन्छ तर स्वाभाविक हो, निश्चित क्षेत्रका दर्शक तान्न सफल भएको छ । यसले गर्दा अनलाइन टेलिभिजनमा रुचि अनुसारको विषयवस्तु खोज्न वा हेर्न सजिलो भइसकेको छ । यथार्थमा युग बदलिरहेको छ र पहिलेको टेलिभिजनभन्दा अहिले टेलिभिजन भनेर बुझाउने तŒवमा नै परिवर्तन आइरहेको छ । अबको केही वर्षमा, परिवर्तनको गति यही रहेमा, टेलिभिजन कसलाई भन्ने कुरामा पनि गम्भीर भएर सोच्नुपर्ने हुन सक्छ । टेलिभिजनले स्वरूप बदलेको हो कि अभिरुचि ? समाजले यसको सहज जवाफ पछिल्लोलाई नै मान्दछ ।

टेलिभिजनको रुचि बदलिंदो छ । आजभोलि आप्mना सरोकारको कुरा टेलिभिजनमा हेर्न पायक पर्ने समयमा खोज्ने प्रवृत्तिको विकास भइसकेको छ । मानिसलाई टेलिभिजनले देखाएको समयमा कार्यक्रम हेर्ने फुर्सद निकै कम छ, यसकारण मोबाइलमा नै उक्त कार्यक्रम हेर्न समय अनुसार तालिका बनाउन सजिलो छ ।

तर यी कुराले दर्शकलाई टेलिभिजनतर्फ खुब तानेको छ भन्ने होइन । माथि नै सन्दर्भ आइसकेको छ, अति महŒवपूर्ण खेलकूद तथा समाचार सबैले टेलिभिजनमा निकै महत्व दिएर हेर्छन् र अनलाइनमा आएपछि त्यहाँ पनि उत्तिकै हेर्छन् तर अन्य सामग्रीलाई भने खासै महŒव नदिएको अनलाइनमा देखिने दर्शकबाट पुष्टि हुन आउँछ ।

अबको युगमा टेलिभिजनको स्वरूप कस्तो हुने र कार्यक्रम कसरी प्रस्तुत हुने ? ठूला टेलिभिजनहरूमा पनि प्रतिस्पर्धा दुई किसिमको छ । महँगो कार्यक्रम उत्पादन तथा दर्शक, दुवै क्षेत्रमा काम गर्नुपरेको छ । यसैगरी अनलाइन च्यानलहरूसित प्रतिस्पर्धा आवश्यक छ किनभने अनलाइनमा स्थानीय विषयवस्तुलाई बढी महŒव दिइएको हुन्छ जुन केन्द्रीय प्रसारणमा त्यति सम्भव हुँदैन । यसैगरी दर्शकको माग अनुसार मोबाइलमा सामग्री दिन पनि सजिलो छ तर अन्यलाई भने यसरी सजिलो हुँदैन । यसका साथै टेलिभिजन मोबाइलमा सीमित हुँदै जाने डर छ भने जसरी सर्वसाधारणको रुचि मोबाइलतिर गएको छ, त्यसरी नै अन्य क्षेत्रतिर यदि रुचि मोडियो भने टेलिभिजनको भविष्य के होला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here