नरेश यादव, पर्सागढी, ४ मङ्सिर/
बहुदरमाई नगरपालिका–२ पिपरास्थित बहुदरमाई मन्दिरमा कात्तिक ३० गते शुक्रवारदेखि लागेको नागदेवताको पूजासँगै पाँच दिने मेला मङ्गलवार समापन भएको छ ।

मेलामा कुश्ती प्रदर्शन गरिएको थियो । पाँच दिने मेलामा सबैभन्दा बढी मासु र मदिराको बिक्री भएको थियो । भारतको बिहारमा मदिरा निषेध भएकोले सो स्थानबाट मेला भर्न आउनेहरू मासु र मदिरामा आकर्षित भएका थिए । पाँच दिने मेलामा हजारौं भक्तजनहरू सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here