प्रस, निजगढ, ४ मङ्सिर/
निजगढ नगर उद्योग वाणिज्य सङ्घको समन्वयमा मङ्गलवार कर शिक्षाबारे कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय सिमरा, बाराले कर सप्ताहको अवसरमा निजगढ नगरभित्र रहेका उद्योगी–व्यवसायीसँग कर शिक्षाबारेमा अन्तत्र्रिmया गरेको हो ।

आन्तरिक राजस्व कार्यालय सिमरा, बाराका कर अधिकृत रामकृष्ण गुप्ताले उद्योगी–व्यापारीहरूलाई दण्डित गर्ने उद्देश्य कर कार्यालयको नरहेको बताए । उनले अनजानमा हुने त्रुटिबाट दण्डित हुन सक्ने भएकाले जरिवाना तिर्नुभन्दा पहिले केही सिकौं भन्ने उद्देश्यले निजगढ नगर उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा कर शिक्षा कार्यक्रम आयोजना गरिएको बताए ।

उनले व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीहरूले कारोबार गर्दा अनजानमा हुने गलतीहरू स्वयम् जानकारी हुने र उक्त गलतीहरू सच्याउँदै दण्डित हुन नपरून् र कारोबारको हिसाबकिताब शुद्ध राख्न सकून् भन्ने उद्देश्यले कर शिक्षा कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा कर, मिस म्याच, ई–प्यान, मूअकर, स्थायी लेखा नम्बर, अन्तःशुल्क, व्यावसायिक तथा निकायगतरूपमा स्थायी लेखा नम्बर लिन आवश्यक कागजातहरू, आयकरको दर, मूल्य अभिवृद्धिमा जाने अवस्था, इटिडिएसलगायतका विषयमा जानकारी गराउँदै व्यक्तिको करको दर र व्यावसायिक मापदण्ड पालना नगर्दा हुन सक्ने दण्ड र जरिवानाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।

निजगढ नगर उद्योग वाणिज्य सङ्घको कार्यक्षेत्रभित्र रहेका उद्योगी तथा व्यवसायीलाई कर प्रणाली, कर छुट तथा कर दाखिलालगायत अन्य करसम्बन्धी जानकारी होस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको निजगढ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

उनले यस कार्यक्रमबाट व्यवसायीहरूले विभिन्न कर छुट तथा परिवर्तित कर प्रणालीलगायतका विषयमा जानकारी पाउन मदत पुुगेको बताए । आगामी दिनमा व्यवसायीको मागलाई ध्यानमा राखी व्यवसायीहरूलाई फाइदा पुग्ने किसिमका विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

अन्तत्र्रिmयामा सहभागी साना तथा ठूला करदाता, उद्योगी–व्यवसायीले करका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here