काङ्ग्रेसका विश्लेषक पुरञ्जन आचार्य भन्छन् दुर्ई ठूला दलले अब कुनै कारणवना कसैलाई हिरासतमा राख्न सक्छन् । भ्रष्टाचारविरुद्ध आवाजले अब दुवै दललाई सिध्याउने भो भन्ठानेर उनीहरूबीच साठगाँठ भएर नितान्त प्रतिशोधको राजनीति सञ्चालन हुँदैछ । राज्य पक्ष लाग्यो भने जसलाई पनि कुनै पनि बेला जेल सडाउन सक्छ भन्ने घिनलाग्दो राजनीति यो देशमा शुरू भएको छ ।
रविको आगमनले विशेषगरी काङ्ग्रेस पङ्क्तिमा ठूलो भुइँचालो आएको कुरा नकार्न सकिन्न । दुई महीनासम्म गगन थापा एन्ड कम्पनीले संसद् अवरुद्ध पारी संसदीय समितिको गठन गर्ने साह्रै अप्रजातान्त्रिक प्रक्रिया शुरू ग¥र्या, यसले भोलि अख्तियार, सिआबी, प्रहरी प्रशासन सबैलाई पङ्गु बनाउने छ । आखिर किन यसरी रवि लामिछानेलाई मात्र खेदो गरेको भन्दा यस दललाई गलाएर आप्mनो वर्चस्व कायम गर्न सकिन्छ भन्ने मात्र हो ।
देशलाई यी दुई दलले कसरी खोक्रो परेका रहेछन् भन्ने कुरा जनताले त्यतिखेरदेखि थाहा पाउन थाल्यो, जबदेखि संसद्मा रास्वपाको उपस्थिति भयो । जसरी यिनीहरूले दुर्गा प्रसाईंलाई अस्पातलको अनुमति दिन ७ वर्षसम्म दुःख दिए, त्यसैगरी रवि र बालेनलाई दुःख दिन खोजिरहेका छन् । काण्डैकान्डले विभूषित यी दलहरूले ३७ वर्षदेखि शासन गर्दा पनि देशका लागि माखो मार्न सकेका छैनन् । अझ मधेस प्रदेशका भ्रष्टाचारका गाथाहरूको फेहरिस्त त कत्ति हो, कत्ति । अब मधेस पनि चाँडै जाग्नेछ र जुरुक्कै उठने छ, भराष्टाचारीहरूविरुद्ध ।
काङ्ग्रेस र एमालेको नियोजित ग्रान्ड डिजाइनले अहिले रविलाई फसाएको छ भन्ने कुरा एमाले र काङ्ग्रेसकै समर्थकहरू खुलारूपले भनिरहेका छन् । न्यायालयबाट अब जनताको विश्वास नै मरिसक्यो, यसको व्याख्या पूर्व मुख्य न्यायाधीश सुशीला कार्कीले धेरै सार्वजानिक कार्यक्रममा भनिसकेकी छन् र जसरी राजनीतिक दलको आडमा न्यायाधीशहरूको नियुक्ति हुन्छ, त्यसबाट निष्पक्ष न्यायको आशा गर्नै सकिंदैन ।
रवि लामिछाने देशका होनहार युवा हुन् र उनमा राजनीतिक चेतना पनि उच्चस्तरको छ । उनी वाक्कलाका लागि प्रख्यात र गिनिज बूकमा नाम लेखाउन सफल भएका युवा हुन् । त्यसो त उनले देश–विदेशमा विभिन्न काम गरे । उनको स्वभाव पहिलेदेखि नै चर्चामा आउन जेजस्ता परिस्थितिको सामना गर्न तयार हुने खालको थियो । उनले टेलिभिजनमा लामो समय काम गरे र त्यहाँ काम गर्दा प्रत्यक्षरूपमा जनतासँग सरोकार राख्ने विषयवस्तु कोट्याउँदै राम्रा वा नराम्रा जेजस्ता गतिविधि गरेर भए पनि अधिकांश जनताको नजरमा राम्रो काम गर्ने छाप पारे । यही कारणले उनको जनमत बलियो भयो र सामाजिक सञ्जालमा समेत उनी भाइरल भए । यसले गर्दा उनमा राजनीतिमा लाग्ने सोच आयो । दलहरूप्रतिको वितृष्णाले ग्रस्त समाजमा केही जनपक्षीय काम गर्ने सोचले उनले आप्mनै पार्टी खोल्ने निर्णय गरे त्यो पनि निर्वाचनको मुखमा र जनताको विश्वास आर्जन गर्न सफल पनि भए । चुनावमा रविलाई नसोचेको परिणाम आयो ।
उनको पार्टी कल्पना पनि नगरेको सफलता हात पार्दै संसद्मा छिर्न सफल भयो, त्यो पनि चौथो ठूलो शक्तिका साथ । सरकार गठनको क्रममा पनि उनले चासो राखे र बार्गेनिङ पावर उपयोग गर्दै गृहमन्त्री बन्ने प्रस्ताव राखे । रवि एकाएक यसरी रवि चम्किए कि उनका फलोअर्सले समेत उनको निकै गुनगान गाए र थप हौसला दिने काम गरे । रवि यसरी एकाएक चम्केको विपक्षी दललाई मन पर्ने कुरै भएन र उनका विगतका कामकारबाई कोट्याउन थालियो । अब बिस्तारै रविका विगतका कर्तुतहरू देखिन थाले । जसरी उनी उदाएका थिए उनको विगत त्यति स्वच्छ र सुखद रहेन छ । उनको नागरिकता, पासपोर्ट र सहकारीसम्बन्धी काण्ड यति बलियो भएर प्रमाणसहित आयो कि यसले उनलाई गलाउँदै लैजान थाल्यो । यसलाई ढाकछोप गर्न प्रखर वाक्कला भएका रविलाई पनि धौधौ प¥यो र नागरिकताको केसमा चिप्लिए । यही काण्डले उनको सांसद पद गयो तर पुनः चुनाव लडेर जितेर संसद्मा छिर्नेसम्मका घटनाहरू घटे ।
सरकार, संसद्, छानबिनका निकायहरू र सुरक्षा निकायको शङ्कामा रहिरहेका उनी यति बेला फन्दामा परेका छन् । सहकारी रकम ठगीमा उजूरी परेपछि र तत्कालीन प्रतिपक्ष नेपाली काङ्ग्रेसले अडान लिएपछि संसदीय छानबीन समिति बन्यो तर उक्त समितिले रविलाई दोषी देखाउन सकेन । तथापि ठूला दलहरूको साठगाँठ बन्यो । जसरी पनि यसलाई जेल कोच्नैपर्छ नत्र हाम्रो राजनीति स्वाहा हुन्छ । अन्ततः उनी पक्राउ परे । तर उनी स्वयं, उनको पार्टी, विपक्षी दल तथा शुभेच्छुकहरूले रविको पक्राउलाई राम्रो मानिरहेका छैनन् र उनको पक्षमा बोलिरहेका छन् । रास्वपाले त आधिकारिक निर्देशन नै जारी गरेर सम्पूर्ण शक्ति पहिले पोखरा र अहिले काठमाडौंमा केन्द्रित गरेको छ ।
पोखरामा दिनहुँ आन्दोलन, धर्ना, कोणसभा र दबाबमूलक विभिन्न कार्यक्रमहरू गरेर निर्दाेष रविलाई छाड्नुपर्ने र ओली सरकार ढल्नुपर्ने जिद्दी कसिरहँदा त्यसको निरन्तरता अहिले काठमाडौंले समेत देखाएको छ । रवि निर्दाेष हुन् तर उनलाई फसाउन सरकार, सत्तापक्षीय दलहरू, अदालत, सुरक्षा निकाय सबै कसिएर लागेका छन् भनेर उनका समर्थकहरू नियमित भाषण गरिरहेका छन् ।
कोही दोषी छ भने उसले सजाय पाउनुपर्छ र दोषी भए/नभएको अन्तिम फैसला न्यायालयले गर्छ । यो मुद्दा अदालत पुगिसकेकोले अब अदालतको फैसला कुर्नुबाहेक अन्य कुनै पनि उपाय नभएकोले अनावश्यक रोइलो बेकार रहेको मान्ने मानिस पनि पर्याप्त छन् । सहकारी ठगीमा रवि दोषी ठहरिएलान् वा नठहरिएलान्, सुरक्षा निकायको अनुसन्धानले खोज्ने र अन्तिम टुङ्गो अदालतले लगाउने छ । तर, यसरी प्रक्रियागत तरीकाले अघि बढिरहेको मुद्दामा भाँजो हाल्न, अदालतका र स्वतन्त्र छानबीन प्रक्रियामा अवरोध गर्न, प्रभाव पार्न र सर्वसाधारणलाई अन्योलमा राख्न रास्वपाले गरेको प्रदर्शन ठीक होइन भन्ने मठाधीशहरूको पनि यहाँ कमी छैन । विभिन्न दलका ठूलाबडा नेताहरूलाई पनि यस्ता आरोप लाग्ने गर्छन् र त्यस्ता आरोपमाथि छानबीन हुँदा दोषी भएमा नियमानुसार सजाय पाएको र दोषी नभए सफाइ पाएको उदाहरण प्रशस्त छन् ।
यो प्रपञ्च देशका दुर्ई ठूला दल र अदालतसमेत मिलेर गरिएको हो भनेर आरोप लागिरहेको छ । के रविविरुद्ध यो आरोप सही हो ? के रविलाई फसाएर उनी र देशको वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको दललाई नामेट बनाउन चालिएको चाल हो ? के यसमा राजनीतिक दलहरू, सबै निकाय रविविरुद्ध जाइलाग्न र उनलाई फसाउन मिलेका छन् ?
सरकार ढल्नुमा रविले भ्रष्टाचारका फाइलहरू धमाधम खोल्दै जानु, ठूला–ठूला काण्डमा ठूला–ठूला नेताकै नाम आउन थाल्नु, ठूला नेताहरू नै पक्राउ पर्ने सम्भावना बढ्नु र अर्कातिर संसद्मैं रविलाई सहकारी ठगको आरोप लगाई नाङ्गेझार पार्नु, प्रमुख प्रतिपक्षी दलले संसदीय छानबीन समितिको माग राखेर महीनौं संसद् अवरुद्ध पार्नु, रविलाई जेलमा नहाली नछाड्ने अभिव्यक्ति दिनु सबै शङ्काको घेराभित्र रहेका गतिविधि हुन् । यसैक्रममा सहकारी रकम अपचलनमा रविको नाममा किटान गरी जाहेरी पर्नु, दुर्ई ठूला दल साठगाँठ गरी सरकार गठनको प्रक्रियामा जानु, संसदीय समिति बन्नु, आरोप कार्यान्वयन गर्न हतारो गर्नु, रविलाई पक्राउ पक्राउ गर्नु मुख्य उदाहरण हुन् ।
तथापि, रवि पक्षबाट पनि अदालतबाट फैसलाको प्रतीक्षा गर्नुपर्नेमा सरकारविरुद्ध विषवमन गर्दै सम्पूर्ण शक्ति प्रदर्शन गर्नुजस्ता गतिविधि सुपाच्य छैन । यस्ता गतिविधिले दुवै पक्ष शङ्काको घेरामा पर्छन् । आखिर यो केसमा दोषी को होला, रवि वा सरकार पक्ष ?
रास्वपालाई यो एउटा अवसर प्राप्त भएको हो, जुन रविमाथि लागेका सबै आरोप समाधान गर्ने माध्यम बन्न सक्छ । रास्वपाले त यतिबेला सरकारलाई, सुरक्षा निकायलाई र अदालतलाई सहयोग गर्ने समय हो । किनकि रास्वपालाई रविले कुनै गल्ती नगरेको कुरामा पूर्ण विश्वास भए जसले जतिसुकै छानबीन गरे पनि उनी निर्दोष नै साबित हुन्छन. । उनलाई कतै फसाउनै लागिएको रहेछ भने त्यो एकदिन छर्लङ्ग हुने नै छ । यसरी नबिराउनु नडराउनु भन्ने उखान चरितार्थ हुने थियो ।
अन्त्यमा,
जसले जेसुकै भनोस्, रवि जनताको आशा र भरोसा हुन्, जनताले प्रचुर बहुमतले जिताएको एक हिम्मतिलो छोरा हुन् । अझै पनि जनताको झिनो आशा छ कि न्यायालयले अन्याय गर्ने छैन । अन्यथा भोलि को कहाँ पुग्छ त्यो भविष्यले मात्र बताउन सक्छ ।