• बद्रीप्रसाद ढकाल

जहाँ जसको कमजोरी हुन्छ, त्यहाँ बडो रिसको निवास छ महोदय, जुन बेला पनि उठ्छ । फेरि यो रिस भन्ने कुरो मान्छेको होस् कि पशुको अत्यन्तै खराब यसले विध्वंस गरेरै छोड्छ, बिगारेरै छोड्छ । रिस उठिसकेपछि यसले कसैको अर्ती मान्दैन, मति पनि सुधार्दैन, बरु खति नै खति यसले गर्छ, अनि भएन ? ठीक । मान्छेको स्वभाव र चरित्र अनुसार रिस पनि फरकफरक प्रकृतिका हुन्छन् । कोहीको चपाइरहने रिस, कोहीको धपाइरहने रिस, कसैको उफ्रने रिस, कसैको टुक्रने रिस, कसैको दौड्ने रिस, कसैको पौड्ने रिस, यो यो देखाउने तरीका मात्र भो । वास्तवमैं भन्ने हो भो रिसलाई पाँच प्रकारमा बाँड्न सकिन्छ । सोझो रिस, टेढो रिस, बाङ्गो रिस, अचाक्ली रिस र गन्यमान्यको गढिलो रिस । यीसँगै लोभ र ईष्र्या जोडिएर आएपछि चाहिं आफ्नो अर्को केही नभन्ने रहेछ ।

यी त भए रिसाहाका प्रवृत्तिका कुरा, जस्तो प्रकारको मान्छे उस्तै प्रकारको रिस । लुरे, लाम्रे, सिन्के, मरन्च्यासेको सोझो रिस । अलिअलि जान्ने सुन्नेको टेढो रिस । अति जान्ने सुन्नेको बाङ्गो रिस अनि भद्रभलाद्मीको चाहिं अचाक्ली लाटो रिस, गन्यमान्यको गढिलो रिस । यीमध्ये चाहिं गन्यमान्यको गढिलो रिस चाहिं बडो अधमको रिस हो, यसले थाहा नपाउने गरी पातालै पु¥याइदिन्छ । अनि यो रिस भन्ने कुरो मान्छेलाई चाहिं कहिलेकाहीं विनाबित्थामा पनि उठ्छ । रिस उठ्न कुनै कारण पनि चाहिन्न । अर्काले खॉको रिस, राम्रो लॉको रिस, उठ्या रिस, बस्या रिस, अर्काको उन्नतिको रिस, मोटाको रिस प्रकारान्तरमा देखिन्छन् । अरूको जे राम्रो भएपनि रिस उठ्नु स्वाभाविकै हो भन्ने चलन प्राचीन नै मानौं । अर्काको राम्रो आफ्नै चाहिं चाम्रो भएपछि रिस नउठोस् पनि कसरी ? उठ्नैपर्छ, उठिरहनुपर्छ । त्यसैले जहिले पनि हाम्रो गति उस्तै हुन्छ, नत्र त फरक भैहाल्थ्यो नि । रिसकै कारणले हामी हाम्रो पहिचान जोगाउन सक्षम छौं, सफल छौं ।
पहिला मान्छेलाई रिस उठ्यो भने पनि घरमैं बस्थ्यो या चउरमा नाच्थ्यो तर आजभोलि रिसले प्रदर्शन गर्ने स्थान चाहिं परिवर्तन गरेको छ । अरू कुरोमा ज्यूका त्यूँ भएपनि ‘जहाँ कङ्गाल, त्यहाँ चण्डाल’को उखान चरितार्थ भएकै छ । हाम्रो अवस्था र स्थिति त्यहींका त्यहीं भएपनि रिस चाहिं अल बढी नै उठ्न थालेको छ र आजभोलि त्यसैले त सडक र सदन रिसले नै निकै तातेको छ । मान्छेको तातो रिसले सदन र सडकले खेपेकै छ, नत्र के भैसक्थ्यो । मान्छेको रिसले दुःख पाउँछ, सडक र सदन । जसलाई जेले गर्दा जस्तो प्रकारको रिस उठे पनि मान्छे हत न पत दौडेर सडकमैं कि त सदनमैं आइपुग्छ । नीति नियम मिचेर ठूलो पल्टे पनि, आफ्नो विचार उल्टे पनि, छोराछोरीसँग चित्त दुखे पनि, भ्रष्टाचारी देशभित्रै लुके पनि, खलासी र ड्राइभरको वाक्युद्ध भएपनि, पेसेन्जरले भाडा नदिए पनि कि त सडक तात्छ कि त सदन । यहाँ अरूले दुःख पाए पनि तताउन सबै छुट छ, भाउ बढाए पनि, दाउ लगाए पनि, यहाँ चण्डालकै ब्रह्मलुट छ । बिचरा गौप्राणी जनता सधैंको दुःखमा, कसले बुझ्ने पीडा ? कसले बुझिदिने मर्का । महँगीले थिचिएर पनि, भ्रष्टाचारले कुचिए पनि, उजूरी गर्नु कहाँ ? जेले थिचिए पनि, मिचिए पनि, सुनाउने कसलाई १ हरे । यहाँका प्राणी यस्तै हुन् कि, नीतिनियम वर्षौंदेखि यस्तै चलिरहेछ । जुनै तन्त्र आए पनि मान्छेको बुद्धिको बिर्को लागेको लाग्यै छ । नीति न स्थिति, यत्रैसिति भनेर न्याय नै किनबेच हुने भएपछि न्याय नपाए कता पो जानु लौ अब । त्यसैले शहरामF मान्छे चाहिं बढेका बढ्यै मूल्य चाहिं घटेका घट्यै छ, आजकल । पहिलेदेखि नै चलिआएको कुरो, मान्छे हुनेखानेकै पछि लाग्छन्, नहुनेलाई जति गरे पनि हुँदैन, जीवनदेखि नै थाक्छन् । अनि बाँच्नुको तरीका नै फरक, बाँच्न सके बाँच्छन्, नसके लुगा फुकालेर टोलटोलमा नाच्छन्, टोलटोलमा गल्लीगल्लीमा हाँस्छन् । रिसैले त हो नि मरिमरि पसिना बेच्यो, दुई छाक खान धौधौ, उक्लेला मास्तिर भन्यो, झन्झन् तलतल भासिएकै छ । हिजोको भन्दा पनि आजको मासिएको छ, यस्तो भएपनि सडकमा नओर्लेर हुन्छ । थाल बजाएर होस् कि टिन ठटाएर, सिट्टी फुकेर होस् कि बाटो ढुकेर आआफ्नो इच्छा पु¥याउनैपर्छ नत्र गर्ने के ? सोझो बाटो हिंड्नेले दुःख पाए पनि छेक्नेले लट्ठी खाए पनि सडक र सदन एकैछिनमा तात्छ, अनि निकास नपाउँदै सेलाइहाल्छ । तात्न छोड्या त साधारण मान्छेको चुलो न हो, त्यो त कसलाई के मतलब, जसलाई पर्छ त्यसैले भोग्ने न हो भन्न आए भने, मज्जाले ठोक्ने न हो । तर पनि रिसले प्रदर्शनस्थल मोड्या पनि होइन । रिसले भत्काउन छोड्या पनि होइन । बिचरा मामको लागि सकी नसकी घाममा दौड्नेहरू सुइय गरे पनि, थाकेर खुइय गरेपनि, महँगीले ढाड सोझो पार्न दिंदैन । अझ, कहिलेकाहीं लोकतन्त्रका महाराजाका सवारीले घण्टौं हलचल हुनै पाइन्न ।

पेटको आगोले विचारलाई बालेको कसले देख्ने ? अनि उठ्दैन त बेपत्ताको रिस, जुन तन्त्र आए पनि टाठाबाठाकै पो भो त मुलुक । बिचरा जनता कताकता मूकदर्शक बनेका छन् । रिसैले भने पनि आफैंले आफंैलाई दुःखी भनेका छन् । अरू कामै गर्न नसके पनि कुरा काट्या छन्, दुःख साट्या छन् । हेर्ने हे¥याहे¥यै, गर्ने ग¥याग¥यै, रिस । न दुःख सकिन्छ, न रिस । त्यसैले यो सडक र सदन विकासको पूर्वाधार होइन, आज सबैको विष बनेको छ । कहिले कहाँ रोकिएको छ, कहिले कहाँ छेकिएको छ । त्यसैले दिनदिनै जनता भनिने गौप्राणीको ढाड झन्झन् सेकिएको छ, अनि रिस उम्ल्याउम्लै मत्थर हुने छाँटकाँट देखिन्न । रिसाहाहरू एउटै अनुहारमा फरकफरक ठाउँमा रिस पोख्यापोख्यै छन्, इज्जत जोख्याजोख्यै छन् । मान्छेको अस्तित्व रहेसम्म यो रिसले बाटो देखाउन्न, ठोकुवा गरेर भनिदिएँ । लौजा रिसले गिनिज बूकमा भनौं कि कलिपुराणमा आफ्नो उच्चता फेकाउन्न । जय होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here