नितेश कर्ण, वीरगंज, २८ कात्तिक/
तराई–मधेसमा कार्तिक शुक्ल पक्षमा किशोरीहरूले मनाउने समाचकेवा ग्रामीण भेगहरूमा लोप हुँदै गएको छ । साँझको समयमा अहिले समाचकेवा मनाइएको नगण्य मात्रामा देख्न सकिन्छ । कुनै बखत टोलटोलमा गीत गाउँदै किशोरीहरू समाचकेवा खेल्ने गर्थे ।

तराई–मधेसको यो लोकसंस्कृति हराउन थालेकोमा सर्लाही जिल्ला कविलासी नगरपालिका–७ का प्रभु रायले चिन्ता व्यक्त गरे । उनले लोकसंस्कृतिको जर्गेनामा स्थानीय तह गम्भीर नभएको परिणाम समाचकेवा मनाउने कार्य घट्दै गएको बताए । उनले लोकसंस्कृति जोगाउन स्थानीय तहको भूमिका महŒवपूर्ण हुने तर आफ्नो भूमिको पहिचान नगर्दा अहिले टोलटोलमा मनाउने पर्व सीमित व्यक्तिहरूले मात्र मनाएर लोकसंस्कृति जोगाउने प्रयास भएको बताए ।

समाचकेवा कार्तिक महीनाको शुक्ल पक्षमा किशोरीहरूले मनाउने लोकसंस्कृति हो । कार्तिक शुक्ल सप्तमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म समाचकेवा खेलिन्छ ।

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका थारू समुदायमा केही हदसम्म जीवित रहेको समाचकेवा यो समुदायबाट पनि बिस्तारै हराउँदै जान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here