प्रस, वीरगंज, २८ कात्तिक/
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले बुधवार एक दिने प्राथमिक उपचार शिविरको आयोजना गरेको छ ।

आदर्शनगर रङ्गशालामा आत्मरक्षा तालीममा सहभागी किशोरीहरूको उपचारका लागि शिविर आयोजना गरिएको नेरेसो रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले बताए ।

आत्मरक्षा तालीममा सहभागी छात्राहरूलाई चोटपटक लागेको खण्डमा प्रथम उपचार, प्राथमिक उपचार उपलब्ध गराउनको लागि नेरेसो पर्सा शाखाका स्वयंसेवकहरूलाई परिचालन गरिएको थियो ।

शिविरमा नेरेसो पर्साकी मीना क्षत्री, गुड्डीकुमारी साह, मुस्कान साह, मनीषा राउत, सौम्य मण्डल सहभागी थिए । शिविरमा आज दुईजना किशोरी सामान्य घाइते भएका र उनीहरूको उपचार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here