• सञ्जय साह मित्र

अहिले सामाजिक सञ्जालमा मात्र नभएर कतिपय अर्थमा सरोकार नै नभएको ठाउँमा पनि निर्वाचनको चर्चा पुगिरहेको छ । वडाको निर्वाचनमा सम्बन्धित पार्टीका निकै ठूला वा सबैभन्दा ठूला नेताको आगमन भएर चहलपहल निकै बढेको देखिएको छ । स्वाभाविक हो, जहाँ ठूला नेताहरूको आवागमन हुन्छ त्यहाँको समाज चलायमान हुन्छ । हाम्रो समाजमा राजनीति यति ठूलो बन्धन भएको छ, जसबाट हरेक व्यक्ति कुनै न कुनै रूपमा कहीं न कहीं आपूmलाई बाँधिएको पाउँछ । कोही व्यक्ति राजनीतिमा लागोस् कि नलागोस्, कुनै पार्टीको सदस्य रहोस् कि नरहोस्, कसैको कार्यक्रममा जाओस् कि नजाओस् तर अरूले नै ऊ फलानो पार्टीको हो भन्ने ठोकुवा गरिदिन्छ र कारण यो पनि दिन थाल्छ कि उसको दाजु फलानो पार्टीमा, भाइ फलानो नेताको निकट, पत्नी फलानो समूहमा रहेकीले ऊ निश्चित फलानो पार्टीकै हो । मानिसलाई स्वतन्त्र रहन नदिनेगरी राजनैतिक तथा सामाजिक वातावरण बनिसकेको छ र हाम्रो बानी पनि बसिसकेको छ । कतिपय अवस्थामा हामीलाई स्वतन्त्र मानिस, बिहान एउटा पार्टीमा, दिउँसो अर्को पार्टीमा र साँझ झन् तेस्रो पार्टीमा लागेको छ । अरू केही आरोप लगाउन नसके कम्तीमा सोझै भनिदिन्छौं, ऊ कसैको होइन, कसैको हुनै सक्दैन, ऊ मान्छे नै होइन । अर्थात् जे गरे पनि मानिसलाई स्वतन्त्र भएर रहन दिने वातावरण छैन । यस अवस्थामा कतै चुनाव भइरहेको छ भने त्यसको प्रभाव समाजको हरेक क्षेत्रमा कुनै न कुनै रूपमा पर्नुलाई अस्वाभाविक कसरी मान्न सकिन्छ ?

उपनिर्वाचन त राजनैतिक विषय हो । हाम्रो समाजले सबैभन्दा बढी चासो लिने विषय नै राजनीति हो । जो जति सचेत छ, ऊ त्यति राजनैतिक प्राणी हो भन्ने मान्यता समाजमा विद्यमान छ । कुनै पनि क्षेत्र राजनीतिबाट अछूतो छैन । हरेक क्षेत्रमा राजनीति हाबी भइसकेको देखिन्छ । वर्तमान अवस्थामा राजनीतिको प्रभाव हरेक क्षेत्रमा रहेको हुँदा उपनिर्वाचन हुने गाउँ, वडा, पालिका तथा क्षेत्रमा पनि यसको चर्चा हुनु स्वाभाविक हो । सबैभन्दा बढी मानिसले हेर्ने, बुझ्ने तथा अनुमान गर्ने क्षेत्र नै यही हो । यस विषयमा जति धेरै लेखे पनि, जति धेरै चर्चा गर्ने पनि र जति धेरै गहन अध्ययन गरे पनि कहिल्यै सकिंदैन । यसैले जुनसुकै क्षेत्रको विशिष्ट व्यक्ति होस्, यदि ऊ समाजमा बस्दछ भने राजनीतिमा सरोकार नराखी सुखै छैन । दिनभर फुर्सद नहुने, काम गरेर लखतरान हुने तर साँझमा मोबाइल उठाउनासाथ सबैभन्दा बढी आउने विषय नै यही राजनीति बन्न पुगेको छ । अहिले उपनिर्वाचनको सन्दर्भ भएकोले स्थानीय तहको उपनिर्वाचनको सबै सन्दर्भ करीब करीब उपनिर्वाचन केन्द्रित भएको छ । उपनिर्वाचनको सेरोफेरोमा रहेर भइरहेका टिप्पणी तथा सरोकार एवं चासोहरूले बिस्तारै समाज तात्दै गइरहेको बुझ्न सकिन्छ । जहाँ उपनिर्वाचन भइरहेको छ, त्यहाँ पुग्ने हो भने वास्तविकताको दर्शन गर्न सकिन्छ ।

उपनिर्वाचन भइरहेको स्थानीय तह वा वडामा भने हरेक व्यक्ति अहिले होशियार लाग्दछ । कुन दलबाट को उम्मेदवार हुने भन्ने कुरा करीब निश्चित भइसकेको वर्तमानमा औपचारिक उम्मेदवार हुनुभन्दा पहिले गर्ने कसरत गरिसकेका छन् । सम्भावित उम्मेदवारहरूले आप्mनो पक्षमा जनमत ल्याउन विभिन्न प्रयास गरिरहेका छन् । जस्तोकि मोटरसाइकल रैली, जिप रैली, पार्टी प्रवेश, ठूला नेतालाई गाउँमा बोलाउने तथा अन्य अनेक तामझाम । प्रारम्भिक अवस्थालाई नै विचार गर्दा यो लाग्दछ कि उपनिर्वाचनले अझै चहलपहल बढाउन सक्ला । उपनिर्वाचनले अझै पनि माहोल तताउने सम्भावना रहेको छ । जतिजति चुनावको तिथि नजिकिन्छ, उतिउति सामाजिक गतिविधि तेज हुँदै जान्छ । समाजमा अहिले जाति, धर्मको कुरो पनि हुन थालेको छ । जातिवादले समाजलाई गाँजिसकेको छ, यो एक प्रकारको ठूलो रोग हो । जातिवादको रोगबाट ग्रसित समाजलाई औषधि उपचारको व्यवस्था गर्नुपरेको छ । जबसम्म जातिवाद उत्कर्षमा रहन्छ तबसम्म समाजका सदस्यहरू पूर्ण स्वस्थ र स्वतन्त्र दृष्टिले कतिपय कुराको मूल्याङ्कन गर्न सक्दैनन् । अनि जातिवादको रोगले जुन जातिलाई बढी समातेको हुन्छ, सोही जातिको प्रगतिमा बाधा पनि धेरै हुन्छ । यद्यपि कतिपय अवस्थामा सकारात्मक परिणाम पनि देखिएको होला तर राजनीतिमा जातिवादको प्रवेशले राजनीतिलाई सकारात्मक दिशा प्रदान गरेको पाइएको छैन । कम्तीमा हाम्रो समाजमा जातिवादले निकै विभेद ल्याइरहेको र विभेदले समाजलाई नोक्सान पु¥याइरहेको कुरा सर्वसाधारणले पनि बुझिरहेका छन् तर तत्काल जातिवादको साँघुरो घेराबाट उम्किनको लागि नचाहेको अवस्था पनि हो ।

सामाजिक सञ्जालमा आउने टिप्पणीहरू जसरी व्यक्ति केन्द्रित हुन्छन् त्यसैगरी राजनीति र जाति प्रेरित पनि हुन्छन् । सबै टिप्पणी त्यस्ता हुँदैनन् तर टिप्पणीको मूल प्रवाह भने हाम्रो नै राम्रो भन्ने हुन्छ । म आप्mनो आड्ढो भैंसी पनि देख्दिनँ तर अरूको टाउकोकोक जुम्रा भने देख्छु । दोष जति अरूलाई र गुण जति आपूmलाई भन्ने भनाइ पूर्णतः लागू भइरहेको छ । आपूmलाई सर्वगुण सम्पन्न र अरूलाई पूर्णयता मूर्ख मान्ने प्रवृत्ति विद्यमान छ । अनि सामाजिक सञ्जालमा आउने टिप्पणीहरूलाई लाइक गर्नेहरू पनि सोही प्रकृतिका हुन्छन् । कसैले केही मानेर होइन, पोस्ट गर्नेको परिचय हेरेर, नाम र थर हेरेर लाइक र कमेन्ट गर्ने चलन बढिरहेको छ । यद्यपि उपनिर्वाचनको सन्दर्भमा भइरहेका पोस्टहरूमा आउने प्रतिक्रियाहरू अहिलेसम्म आक्रामक देखिएका छैनन् । फाट्टफुट्ट होला तर गालीको तहसम्म पुगिसकेको छैन । चुनावको मिति नजीकिंदै जाँदा सामाजिक सञ्जाल अझ तीव्र भएको सामाजिक प्रतिविम्बको रूपमा देख्न सकिन्छ । यसलाई सकारात्मक पनि मान्न सकिन्छ । राजनैतिक चेतनाको विकास भएको द्योतकको रूपमा पनि लिन सकिन्छ । मानिसमा राजनीतिक चेतना बढ्नुलाई राम्रो मान्नुपर्छ । जति राजनैतिक चेतना बढ्यो राजनीतिमा उति नै नीतिवान तथा चरित्रवान मानिस आउँछ वा राजनीतिले सच्चिने अवसर पाउँछ । अहिले राजनीति तात्दै गइरहेको अवस्थामा उपनिर्वाचनको सामग्री बढी आउनु चुनावप्रतिको चासो पनि हो र अर्को अर्थमा यसलाई चुनावप्रति उत्सुकता जगाई चुनावलाई सफल बनाउने वातावरणमा सकारात्मकता प्रदान गर्नु पनि हो जस्तो लाग्दछ ।

अझै पनि मानिसबाट समवेदना र सहानुभूति लोप भइसकेको छैन, नत्र उम्मेदवारहरूले आपूmलाई विजित वा पराजित घोषणा गरिसक्थे चुनावपूर्व नै । अनि समाज पनि कुनै एकजनाको पक्षमा सोझै उभिदिन्थ्यो । तर जातिवाद र दलीय कट्टरताको उपस्थितिमैं मानिसमा दया, प्रेम तथा लोभ र स्वार्थहरूजस्ता मानवीय गुणहरू रहन्छन् । अनि आफन्तको चाहनाको कदर, दबाब तथा अन्य सहायक प्रभावहरू पनि हुन सक्छन् । यी कारणहरूसँगै उम्मेदवारको व्यक्तित्व, निजी आचरण, विगतमा गरेका कामहरूले पनि मतदान गर्ने समयसम्म मतदातामा प्रभाव पारिरहन्छ । एउटा मत दिएर केही जाँदैन तर त्यस मतले मैले कतै अन्याय त गरिरहेको छैन ? भन्ने भाव पनि कतिपयको मनमा उब्जेको हुन्छ । यिनै कारणहरूले गर्दा जुन चुनाव होओ, चुनौतीपूर्ण नै हुन्छ । यस्ता कम चुनाव हुन्छन् जसको नतीजा एकपक्षीय हुन्छ र चुनावको एउटा विशिष्टता यो पनि हो कि जबसम्म मतदान हुँदैन, तबसम्म अधिकांश उम्मेदवारलाई लाग्दछ कि म विजयी हुन सक्छु । एउटै मतदाताले विश्वास गरेकोजस्तो लाग्ने र विगतमा लगाएको गुनको उपकार गर्ने समय यही हो भन्ने जस्तो लागेको हरेक ठाउँमा गरिएको विश्वासले पनि मनोविज्ञानमा उच्चताको भाव भरेको हुन्छ ।

सञ्चारमाध्यममा पनि प्रमुखता र प्राथमिकतापूर्वक निरन्तर निर्वाचनसित सम्बन्धित समाचारहरू आउन थालेपछि सामाजिक सञ्जालमा धेरै चहलपहल बढेको छ । सामाजिक सञ्जालमा समर्थकहरूले उम्मेदवारका गतिविधिलाई सकारात्मक किसिमले प्रस्तुत गरिरहँदा चुनावको माहोल बन्दै गएको देखिन्छ । यसलाई लोकतन्त्रको विशेषता नै मान्नुपर्छ कि जब चुनाव आउँछ तब समाज चुनावोन्मुख हुन पुग्छ । चुनावप्रति जनताको विश्वास निकै महŒवपूर्ण पक्ष हो । अहिलेको उपनिर्वाचनले निर्वाचित हुनेलाई करीब आधा समय मात्र दिने भए पनि कतिपयले यसलाई अभ्यासको रूपमा पनि लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here