प्रस, वीरगंज, २७ कात्तिक/
भुटानमा २०–३० सेप्टेम्बरमा २०२४ को साफ यू–१७ फूटबल प्रतियोगितामा सर्वाधिक गोल गरी गोल्डेन बूट प्राप्त गर्ने नेपालका खेलाडी वीरगंज, कुम्हालटोल निवासी सुजन डङ्गोललाई सम्मानित गरिएको छ । एक कार्यक्रममा पर्सा जिल्ला फूटबल सङ्घका अध्यक्ष रोशन गुप्ता, भेट्रान्स सिटी क्लब, वीरगंजका अध्यक्ष सबिन बस्नेत र मधेस प्रदेशका महासचिव दीपक साहले संयुक्तरूपमा २१ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाइ सम्मानित गरेका थिए ।
कार्यक्रममा भेट्रान्स सिटी क्लबका वरिष्ठ उपाध्यक्ष्F रोशन श्रेष्ठ, उपाध्यक्ष सागर शम्शेर जबरा, कोषाध्यक्ष सुबोध श्रीवास्तव, पर्सा जिल्ला फूटबल सङ्घका पूर्वअध्यक्ष मनोज भट्टराई, पत्रकार पङ्कज श्रेष्ठ, रेफ्री सङ्घका अध्यक्ष अर्जुन गुप्ता, सदस्यहरू पङ्कज चौधरी, अनुप नगरकोटी, अलि अख्तर, मइम मियाँ, गुड्डु, अकबर हवारीलगायत सहभागी रहेको भेट्रान्स सिटी क्लब, वीरगंजका सन्तोष खनालले बताए ।