प्रस, रौतहट, २७ कात्तिक/
विभिन्न मुद्दामा फरार पाँचजनालाई जिल्ला प्रहरी कार्यालय, रौतहटले पक्राउ गरी अदालत र जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको छ ।

जिप्रका, रौतहटबाट खटिएको टोलीले अदालत र जिल्ला प्रशासन कार्यालयबाट विभिन्न मुद्दामा सजाय भएपछि फरार सूचीमा रहेका जमदार साह, रूपेशराय यादव, रमेश ठाकुर लोहार, सञ्जयराय यादव र विवेक यादवलाई पक्राउ गरी सम्बन्धित निकायमा हाजिर गराएको जिप्रका, रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here