प्रस, निजगढ, २६ कात्तिक/
निजगढस्थित बकैया खोलाको अत्यधिक उत्खननले पुल र आसपासका बस्ती संरक्षणका लागि निर्माण गरिएको पक्की ड्याम भत्किएको छ । निजगढ नगरपालिकाले बर्सेनि खोलाको करोडौं मूल्यमा टेन्डर लगाउँदै आइरहे पनि संरक्षणको पाटोमा ध्यान नदिंदा यस्ता संरचनाहरू भत्किने क्रम जारी छ ।
खोलाबाट नदीजन्य पदार्थ (दहत्तर बहत्तर) ढुङ्गा, गिट्टी, ग्राभेल, बालुवाको मापदण्डविपरीत अवैध उत्खनन गर्दा यस्तो असर परेको हो । निजगढ नगरपालिकालाई खोलाको ठेक्का लगाउन पाउने कानूनी अधिकार रहे पनि संरक्षणको जिम्मेवारी पनि उत्तिकै रहेको छ । ठेकेदारद्वारा मापदण्डविपरीत नदीजन्य पदार्थको जथाभावी उत्खनन हुँदा पनि निजगढ नगरपालिकाले बेवास्ता गर्दा बर्सेनि पुल र ड्याममा क्षति पुगिरहेको छ ।
यस वर्षको बाढीले वडा नं ९ स्थित आर्यघाट उच्च कटानमा परेपछि निजगढ नगरपालिकाले तत्काल रोकथामको प्रयास गरेपछि आर्यघाट बगर हुनबाट जोगिएको छ । निजगढ नपाका प्रमुख सुुरथ पुरीले तत्कालै सशस्त्र प्रहरी नेपाल विपद् व्यवस्थापन सुुरक्षा निजगढ बेसलाई जानकारी गराएपति बोरामा बालुुवा भरेर आर्यघाट क्षति हुनबाट जोगिएको हो । जथाभावी उत्खननले संरक्षणका लागि लगाइएको तारजाली कमजोर भई बाढीले बगाउँदा क्षति पुगेको हो । वार्षिक ८–१० करोडमा खोला ठेक्का लगाए पनि खोला संरक्षणमा निजगढ नगरपालिकाले दीर्घकालीन कार्य नगर्दा बर्सेनि खोला आसपासका स्थानीयहरू क्षति बेहोर्न बाध्य छन् ।
पूर्व–पश्चिम राजमार्ग चार लेन विस्तारसँगै बकैया पुल निर्माण हुने क्रममा भत्किएको पक्की ड्याम पुनर्निर्माण हुने नगरप्रमुख पुरीले बताए ।
गत वर्ष बाढीले बकैया पुलको करीब दुुई सय मिटर उत्तरपूर्वतर्पmको ड्याम भत्काउँदै बस्तीमा बाढी पस्न खोजेको थियो । त्यस बेला सशस्त्र प्रहरी नेपाल विपद् व्यवस्थापन सुुरक्षा निजगढ बेस, द्रुतमार्ग निर्माणमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरीलगायत स्थानीयले दिनरात रोकथामका प्रयास गर्दा बस्तीमा बाढी पस्न पाएको थिएन । त्यस यता कामचलाउका लागि तारजालीको प्रयोग गरी लाखौं रकमको तटबन्ध निर्माण गरियो । सो तटबन्ध जिल्ला सिंचाइ कार्यालय, बाराले लगाए पनि दीर्घकालीनरूपमा ड्याम र बस्ती सुुरक्षित नहुने स्थानीयहरू बताउँछन् ।
कोल्हवी नगरपालिकाले पनि आफ्नो क्षेत्रमा पर्ने बकैया खोलाको बर्सेनि ठेक्का लगाउँदै आएको छ ।
खोला ठेक्का लिएपति मापदण्डविपरीत अवैध उत्खनन हँुदा सोको असर निजगढस्थित बकैया पुल, ड्याम, तटबन्धलगायतका संरचनामा पर्ने गरेको छ ।