प्रस, वीरगंज, १३ कात्तिक/
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घले प्रेस विज्ञप्ति जारी गरी नेपाल विद्युत् प्राधिकरणले देशका औद्योगिक प्रतिष्ठानहरूको विद्युत् लाइन काटेको घटनाप्रति भत्र्सना गरेको छ । सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेले मङ्गलवार विज्ञप्ति जारी गरी विद्युत् प्राधिकरणलाई आफ्नो कदम सच्याउन आग्रह गरेका छन् ।
डेडिकेटेड र ट्रङ्क लाइनको विवाद नयाँ नरहेको र वार्ता तथा सहमतिको माध्यमबाट समस्या समाधानका लागि उद्योगीले गरेको आग्रहलाई सरकारले पटकपटक बेवास्ता गर्दै आएको सङ्घले जनाएको छ । विज्ञप्तिमा सरकार र नेपाल विद्युत् प्राधिकरणले चालेको पछिल्लो कदमका कारण जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका चार ठूला उद्योगहरू जगदम्बा स्टील लिमिटेड, हुलास स्टील लिमिटेड, हामा आइरन तथा अशोक स्टील इन्डस्ट्रिज मारमा परेका छन् । यी उद्योगले देशको रोजगार तथा कुल गार्हस्थ्य उत्पादनमा पु¥याएको योगदानको समेत कदर नगरी एकपक्षीय ढङ्गबाट विद्युत् प्राधिकरणले चालेको कदम निन्दनीय रहेको अध्यक्ष लामिछानेले जनाएका छन् ।
जीतपुरसिमरा उपमहानगरका चारसहित विद्युत् लाइन काटिएका देशका सबै उद्योग प्रतिष्ठानमा विद्युत् जोडी औद्योगिक वातावारण निर्माण गर्न विद्युत् प्राधिकरणसहित सम्बन्धित पक्षसँग उनले विज्ञप्तिमार्पmत माग गरेका छन् ।