बलिराम शुक्ला, बिरुवागुठी, १२ कात्तिक/
डिभिजन वन कार्यालय, पर्साले सखुवाप्रसौनी गाउँपालिका–१ सखुनिया शान्तिटोल क्ष्Fेत्रको राष्ट्रिय वनमा लगाइएको पाँच बिघाभन्दा बढी गाँजाखेती सोमवार नष्ट गरेको छ ।

डिभिजन वन कार्यालय, पर्साका प्रमुख वन अधिकृत मन्जुर अहमदको नेतृत्वमा सुरक्ष्Fाकर्मी, विन्ध्यवासिनी कोइलाभार साझेदारी वनलगायत सम्मिलित टोलीले आज पाँच बिघा जग्गामा लगाइएको करीब डेढ लाख गाँजाको बोट नष्ट गरिएको डिभिजन वन कार्यालय, पर्साका प्रमुख अहमदले बताए ।

आज नष्ट गरिएको गाँजाखेती गरिएको वन क्षेत्रमा डिभिजन वन कार्यालयले अतिक्रमण हटाएर तारबारसहित ४० हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरेको थियो । सोही क्षेत्रमा बिरुवाहरू मासेर गाँजाखेती गरिएको पाइएको छ ।

डिभिजन वन कार्यालयले लगाएका बोटहरू त्यहाँ देखिएन तर ठूलो परिमाणमा गाँजाखेती गरिएको थियो । प्रमुख अहमदले आजदेखि सो क्षेत्रमा लगाइएको गाँजाविरुद्धको अभियान शुरू गरिएको बताए । उनले गाँजाखेती गर्ने व्यक्तिको पहिचान नखुलेको र खोजी जारी रहेको बताए ।

विन्ध्यवासिनी कोइलाभार साझेदारी वनसँग सहकार्य गरेर गाँजाखेती गर्नेविरुद्ध कारबाई प्रक्रिया अगाडि बढाउने उनले बताए । साझेदारी वनका अध्यक्ष रिजवानुल हकले वन क्षेभित्र वृक्षारोपण मासेर गाँजाखेती गर्नेविरुद्ध हदैसम्मको कारबाई हुने बताए । गाँजाखेती गरिएको क्षेत्र अन्तर्गत सशस्त्र प्रहरी बल बागेश्वरी, इलाका प्रहरी कार्यालय, एकटाँगा, प्रहरी चौकी, सबडिभिजन वन कार्यालय बडनिहार र सो अन्तर्गतका वन कार्यालयहरू रहेका छन् ।

गाँजाखेतीलाई सरकारीस्तरमा वैधानिकता दिने बहस चलिरहेकामा यस वर्ष पर्सामा व्यापकरूपमा गाँजाखेती भएको र यही अवसरको फाइदा उठाएर वन क्ष्Fेत्रमा पनि गाँजाखेती गरिएको अनुमान गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here