प्रस, वीरगंज, १० कात्तिक/
वीरगंज महानगरका तीन स्थानमा शनिवार सम्पन्न रक्तदान कार्यक्रममा १३ जना महिलासहित २४४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।

वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित नेपाल निर्माण व्यवसायी सङ्घ, पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित १६१ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक मनीष गुप्ताले बताए । नगरप्रमुख राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका थिए भने उपप्रमुख इम्तियाज आलम, नेरेसो रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्तालगायतको सहभागिता थियो ।

कार्यक्रममा सुधीर पटेल, कृष्ण पटेल, नन्दु यादव, सन्नी महतो, सन्तोष साह कानू, बलिराम दास, राजु मण्डल, प्रद्युम्न मण्डल, रामनरेश महतो, नीराजन गुप्ता, मिथलेश तिवारी, रामाकान्त चौरसिया, सतीश यादव, रश्मि पटेल, शरीफ मियाँलगायतले रक्तदान गरेको केन्द्रका प्राविधिक गुप्ताले बताए ।

यसैगरी, घण्टाघरमा क्रियाशील युवा पत्रकार मञ्च नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा छजना महिलासहित ५१ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेयले बताए । मञ्चका अध्यक्ष प्रणयकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जय चौरसिया, प्रेमराउत कुर्मी, राजेश दास, सन्दीप पण्डित, सोनीकुमारी दास, चन्दन रौनियार, आर्जन दास, वीरेन्द्रकुमार यादव, अनमोलराज रौनियार, सन्देश कुशवाहा, जीतेन्द्रकुमार चौरसिया, सुनीता थापा, राजकुमार चौधरी, शान्ति मिश्र, राकेश गुप्तालगायतले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेयले बताए ।

यसैगरी, वीरगंज महानगरपालिका–१७ अलौंमा युनिभर्सल युनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ३२ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । क्लबका अध्यक्ष राजेशराउत कुर्मीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन हरेरामप्रसाद पटेलले गरेका थिए भने वडाध्यक्ष सञ्जीव छतकुली, शिवओम लामिछानेलगायतको सहभागिता थियो ।

कार्यक्रममा आसिक अन्सारी, सुशीलकुमार साह, नैमुद्दीन मियाँ, अनवत राम, नसरूल मियाँ, सञ्जय सिलवाल, लक्ष्मी देवी, पूर्णिमा शर्मा, कमला देवी, असलम अन्सारी, रुदल अन्सारीलगायतले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here