प्रस, पर्सागढी, ९ कात्तिक/
स्वास्थ्य चौकीहरूमा औषधि अभाव भएको छ । वीरगंज महानगरपालिका अन्तर्गत वडा नं ३१ र ३२ तथा बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूमा अहिले औषधि अभाव भएको छ ।

वीरगंज महानगर–३१ का अध्यक्ष जीतेन्द्र यादवले स्वास्थ्य चौकीमा औषधि अभाव भएको बताए । उनले महानगरले पर्याप्त मात्रामा औषधि उपलब्ध नगराउँदा स्वास्थ्य चौकीमा आउने बिरामीहरूलाई आवश्यकता अनुसारको औषधि उपलब्ध गराउन नसकिएको बताए ।

वडा नं ३२ का अध्यक्ष रेयाज अन्सारीले पनि आप्mनो वडामा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव भएको बताए । उनले पनि महानगरले पर्याप्त मात्रामा औषधि उपलब्ध नगराउँदा अभाव भएको बताए ।

बहुदरमाई नपा अन्तर्गतका स्वास्थ्य चौकीहरूमा पनि औषधि अभाव भएको छ । लामो समयसम्म नगरसभा नभएर बजेट पारित नहुँदा औषधि खरीद प्रक्रिया प्रभावित भएर औषधि अभाव भएको लेखापाल हरि पटेलले बताए । उनले कात्तिक ८ गते नगरसभा सम्पन्न भएको र अब खाता सञ्चालन गरी बजेट कार्यान्वयनमा आएपछि औषधि खरीद गरी स्वास्थ्य चौकीहरूमा पठाउने बताए ।

औषधि अभाव हुँदा सेवाग्राहीहरूलाई मर्का परिरहेको छ । सरकारले सयभन्दा बढी थरीका औषधिहरू स्वास्थ्य चौकीबाट निश्शुल्क पाउने व्यवस्था गरेको छ । पालिकाहरूले नीति तथा कार्यक्रममा शिक्ष्Fा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने र सोही अनुसार बजेट कार्यान्वयन गर्ने घोषणा गर्दै आए पनि असार १० गतेसम्म नगर/गाउँ सभा गर्न नसकेको र खाता सञ्चालन गर्न निकै ढिला हुँदा थुपै्र पालिकाका स्वास्थ्य चौकीहरूमा औषधि अभाव भएको हो । नगर/गाउँ सभा गरेका पालिकाहरूमा पनि औषधि अभाव भएको छ । उनीहरूले बजेट विनियोजनको सूची मन्त्रालयमा नबुझाउँदा खाता सञ्चालनमा आउन सकेको थिएन । असोजदेखि पालिकाहरूको खाता सञ्चालनमा आउन शुरू भएको र अहिले औषधि खरीदमा ढिला हुँदा पालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूमा औषधि अभाव भएको हो ।

पर्सागढीमा औषधि अभाव नभएको स्वास्थ्य चौकीकी अहेब श्वेता श्रेष्ठले बताइन् । उनले नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूमा औषधि आवश्यक मात्रामा उपलब्ध रहेको र सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here