प्रस, वीरगंज, ९ कात्तिक/
वीरगंज महानगरपालिका–२०, २४ र २६ वडामा वर्षाको पानी एक महीनासम्म निकास नहुँदा सो क्षेत्रका ७० बिघाभन्दा बढी धानखेती नष्ट भएको छ ।
वडाध्यक्ष शम्भु मिश्रले असोज ११ र १२ गतेको अविरल वर्षाबाट हरपतगंज, बहुअरी र सुगौलीका वडाहरू डुबानमा परेका थिए । वर्षाको पानीको निकास वडा नं १७ अलौंबाट हुने गरेकोमा यसपटक वर्षाको पानीको निकास थुनिएपछि सो क्ष्Fेत्रका ७० बिघाभन्दा बढी धानखेती नष्ट भएको वडाध्यक्ष मिश्रले बताए । उनले धानखेती नष्ट भएपनि आगामी दिनमा हुने गहुँ र रबीबालीलाई पानीको निकास भएसँगै फाइदा पुग्ने बताए ।
नगरप्रमुख राजेशमान सिंहले डुबान क्ष्Fेत्रको निकासको लागि असोज १९ गतेदेखि प्रयास गरेका थिए तर अलौंवासीले हरपतगंज, बहुअरी र सुगौलीको पानी आप्mनो वडाबाट निकास हुँदा घर, खेत डुबानमा परेको भन्दै निकास बन्द गरेका थिए । सोही विषयलाई लिएर असोज २१ गते नगरप्रमुख र स्थानीयबीच विवाद भएको थियो । कात्तिक २ गते नगरप्रमुख, स्थानीय प्रहरी प्रशासनका प्रमुखहरू घटनास्थलमा पुगेर तीनवटा वडालाई डुबानमुक्त गर्न पानीको निकास गरेका थिए । वडाध्यक्ष मिश्रले अलौंका दुई स्थान हरपतगंज र सुगौलीबाट तीन/तीन वटा ह्युमपाइप लगाएर पानीको निकास गरिएको र हिजो बिहीवारदेखि डुबानयुक्त क्ष्Fेत्र डुबानमुक्त भएको बताए ।