प्रस, परवानीपुर, ७ कात्तिक/
युवा सङ्घ नेपालले ‘एक युवा, पाँच बिरुवा’ नाराका साथ परवानीपुर गाउँपालिकामा वृक्षारोपण अभियान शुरू गरेको छ ।

तीन दिनसम्म चल्ने अभियानको पहिलो दिन बुधवार युवा सङ्घ नेपाल परवानीपुर गापा कमिटीले वडा नं २ मुसहरीका दुई स्थानमा वृक्षारोपण गरेको छ । नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको परिसर र मुसहरीदेखि परवानीपुर बजार पुग्ने सडकको छेउमा वृक्षारोपण गरिएको सचिव इन्जिनीयर मोबिन आलमले जानकारी दिए । आँप, साल, नीम, टिकलगायतका २५० वटा बिरुवा रोपिएको उनले जानकारी गराए ।

युवा सङ्घ नेपाल परवानीपुर कमिटीका अध्यक्ष रामबाबू चौहानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य गजेन्द्र पटेल, केन्द्रीय सदस्य राम यादव, वडाध्यक्ष देवा अन्सारी, एमाले जिल्ला कमिटी सदस्य जगदीश राम, समाजसेवी बिन्दु साह, सलद्दीन मियाँ, राजेश्वर ठाकुर, प्रभु यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here