प्रस, वीरगंज, ७ कात्तिक/
नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले क्रान्तिकारी जनता कहिल्यै निर्वाचनमा बिक्री नहुने बताएका छन् ।
विन्ध्यवासिनीमा मुकेश चौरसियाको चौथो स्मृतिसभामा नेता यादवले दलाल र भ्रष्ट नेताहरूले इमानदार नेपाली जनताको मत बेच्ने काम गर्दा देश सुधार हुन नसकेको र यसका लागि उनीहरू जिम्मेवार रहेको बताए ।
उनले नेपालको राज्यसत्ता अझै पनि विभेदकारी भएको बताउँदै मधेसीलाई हेर्ने राज्यको दृष्टिकोण फरक रहेकोले वर्गीय समानताको सङ्घर्ष अझै जारी रहेको बताए ।
मुकेश चौरसियाका बुबा रामनाथ चौरसियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।