नितेश कर्ण, सर्लाही, ६ कात्तिक/
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सर्लाहीको धनकौल गापा कार्यसमितिको अध्यक्षमा हरिओम अधिकारी चयन भएका छन् ।

समितिको उपाध्यक्ष मोहमद रफिक, महिला उपाध्यक्ष रामायणीदेवी साह, सचिव सूर्य यादव, सहसचिव रामएकबाल ठाकुर, कोषाध्यक्ष कृष्णनन्दनप्रसाद साहलगायत १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

नेपाल निजामती कर्मचारी युनियन, सर्लाहीका अध्यक्ष युगलकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साहलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here