प्रस, वीरगंज, ५ कात्तिक/
वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित बाल मन्दिर आधारभूत विद्यालयलाई वडा कार्यालयले जुत्ता, खेलकूद सामग्री सहयोग गरेको छ ।
वडाध्यक्ष सुशील साह कानूले सोमवार सो विद्यालयमा अध्ययनरत २३० जना विद्यार्थीलाई जुत्ता र खेलकूद सामग्री उपलब्ध गराएका थिए । वडाध्यक्ष कानूले २३० जोडी जुत्ता, तीन थान चेस, तीन थान लुडो र एक थान पूmटबल विद्यालयलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडासदस्य मिश्रादेवी नगरकोटी, प्रेमशीला देवी, सन्तोष जैसी, प्रभुप्रसाद महतो, वडासचिव पवन प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्F नरेश टिबडेवाल, निमित्त प्रअ राजकुमारी सिंह, घडीअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष साहलगायतको सहभागिता थियो ।