धर्मेन्द्र चौरसिया, पोखरिया, ४ कात्तिक/
पर्सा र बारामा अहिले कुश्ती प्रतियोगिता बन्द भएर कुश्ती प्रदर्शनी मात्रै भइरहेको छ ।

एक दशक अघिसम्म प्रतियोगिता हुने र त्यसमा नेपाल–भारतका पहलवानहरू भिड्ने गर्थे । प्रतियोगितामा जीत–हार हुन्थ्यो र जित्नेलाई नगदसहित पुरस्कृत गरिन्थ्यो । अहिले प्रतियोगिता हुन छाडेको छ र कुश्ती प्रदर्शनी मात्र भइरहेको छ ।

विन्ध्यवासिनी गाउँपालिकाको गर्दौल निवासी पहलवान सुनील साह दर्शकहरूले रुचाए अनुसार प्रतियोगिताको सट्टा प्रदर्शनी भइरहेको बताए । उनले दर्शकहरू नाम चलेका पहलवानहरूबीच पटकापटकी भएको देख्न चाहने र सोहीअनुरूप कुश्ती आयोजना भइरहेको बताए ।

पारस थापा, देवा थापा, महम्मद गनी, बाबा लाडीजस्ता नेपालका नाम चलेका पहलवानहरू अहिले प्रतिस्पर्धा गरेर जीतहार गर्नुभन्दा प्रदर्शनी गरेर दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् । पहलवानहरूलाई ठेक्कामा बोलाउने र उनीहरूबीच पटकापटकी गराइन्छ । कुश्ती प्रदर्शनी अहिले पर्सा, बाराका विभिन्न स्थानमा आयोजना भइरहेको छ । खासगरी चाडपर्व शुरू भएसँगै कुश्ती प्रदर्शनीको रौनक बढ्छ ।

छठसम्म कुश्ती प्रदर्शनीहरू ठाउँठाउँमा आयोजना हुन्छन् । नेपाल रभारतका नाम चलेका पहलवानहरूलाई प्रदर्शनीमा बोलाउने र उनीहरूबीचको कुश्ती प्रदर्शनबाट आयोजक र पहलवानहरू दुवैले कमाउने गरेका छन् । पोखरिया नपा–१० शिबर्वाका पहलवान भन्टु यादव सङ्घीय र प्रदेश सरकारले आयोजना गर्ने कुश्ती मात्र प्रतियोगिताको रूपमा खेलाइन्छ बाँकी अन्य आयोजकहरूले प्रदर्शनीको रूपमा खेलाउँदै आएको बताए ।

सोही ठाउँका अर्का पहलवान बृजकिशोर यादव ठेक्कापट्टामा हुने कुश्तीको महŒव घटेको बताउँछन् । उनले प्रतियोगिता हुँदा पहलवानहरूले आप्mना सन्ततिलाई पनि पहलवानी सिकाउने गरेको तर अहिले त्यस्तो कार्य नभएको बताए । उनले पहलवानीबाट घरखर्च धान्न नसक्ने हुँदा धेरै पहलवान कुश्तीबाट विमुख भएको बताए । उनले यथावस्थामा कुश्तीमा संलग्न पहलवानहरूको हकमा तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–८ रामनगरीमा पहलवान नरेश गिरीले अखाडा खोलेर निश्शुल्क प्रशिक्षण दिइरहेका छन् । श्रीरामभक्त हनुमान अखाडामा पर्सा, बारा, रौतहटका ३० जना पहलवानलाई उनले दैनिक प्रशिक्ष्Fण दिंदै आएका छन् । पर्सा, बारा, रौतहटका पहलवानहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलमा सहभागी भएर मेडल जितेका छन् तर यो पेशामा लागेका पहलवानहरू अर्थ अभावमा अन्य पेशामा विस्थापित हुने क्रम पनि जारी छ ।

पर्सा जिल्लाका पाँच स्थानमा पहलवानहरूको प्रशिक्ष्Fणका लागि अखाडा छ तर ती सबै अखाडा उनीहरूले आप्mनै खर्चमा तयार गरेका छन् र दैनिक प्रशिक्ष्Fण गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here