प्रस, ठोरी, ४ कात्तिक/
नेकपा एमालेको ठोरी गाउँपालिका स्तरीय अन्तक्र्रिया तथा बहस कार्यक्रम सम्पन्न भएको छ । ‘पार्टी सङ्गठनात्मक गतिविधि एवं स्थानीय जनप्रतिनिधिहरूसँगको समन्वय’ सम्बन्धमा बहस तथा अन्तक्र्रिया भएको हो ।
एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका तर्फबाट वडा नं १ का पार्टी कमिटी अध्यक्ष चेतबहादुर थापा, वडा नं २ का नरबहादुर क्षेत्री, गाउँपालिका कमिटी सदस्य नीलप्रसाद पौडेल, वडा नं ४ का पार्टी अध्यक्ष दिलबहादुर श्रेष्ठ र पूर्व जिल्ला कमिटी सदस्य यमबहादुर बस्नेतले बहस गरेका थिए । त्यसैगरी, जनप्रतिनिधिको तर्फबाट पालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले बहस गरेका थिए ।
सो अवसरमा मुख्य अतिथि एमाले केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य तथा प्रतिनिधिससभा निर्वाचन क्षेत्र नं ३ र ४ का इन्चार्ज अरविन्द सिंह, केन्द्रीय सल्लाकार परिषद्का सदस्य ठाकुरप्रसाद न्यौपाने, बहस नोट कमिटीको तर्फबाट केसी लामिछाने र गोविन्द प्रताप श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
ठोरी गापाका पार्टी जिल्ला कमिटी सदस्य, जनप्रतिनिधि र हरेक वडाबाट पाँचजनाको दरले चयन भएर आएका प्रतिनिधिहरू सम्मिलित कार्यक्रममा संसदीय फाटका कमीकमजोरी एवं सबल पक्ष र पार्टी नेतृत्व फाटको कमीकमजोरी कमजोरी साथै सबल पक्षबारे दुईतर्फी बहस भएको थियो ।
सो पार्टी ठोरीका सचिव जगेन्द्र पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा एमाले पर्साका अध्यक्ष डा विश्वम्भर शर्मा, प्रदेश कमिटी सदस्य तथा पोखरिया नपाका प्रमुख प्रद्युम्न चौहान, पूर्व प्रदेश कमिटी सदस्य गणेश बोहोरालगायतको सहभागिता थियो । कार्यक्रम सुनाखरी होमस्टे सुवर्णपुरको कल्चर सेन्टरमा सम्पन्न भएको थियो ।