प्रस, जीतपुर, ४ कात्तिक/
मालपोत कार्यालय, सिमरा, बाराले गत तीन महीनामा रु चार करोड ३४ लाख आठ हजार ९५३ आय सङ्कलन गरी राजस्व दाखिला गरिएको सो कार्यालयका सूचना अधिकारी लीलाराज पौडेलले बताए ।
प्राप्त विवरण बमोजिम आव २०८१/८२ को साउन–असोज तीन महीनामा लिखत रजिस्ट्रेशनबापत रु तीन करोड ९४ लाख ३८ हजार ३१८ र दृष्टिबन्धकबापत रु ३९ लाख ७० हजार ६३५ सङ्कलन गरी राजस्व दाखिला गरिएको छ ।
साबिक रातोमाटे, भवानीपुर जीतपुर, डुमरवाना, निजगढ, इनर्वासिरा, मनहर्वा, पिपरासिमरा, छातापिपरा, फत्तेपुर हाल जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिका सो कार्यालयको क्षेत्रभित्र कायम रहेको जनाइएको छ ।
सो कार्यालयले सिमरा बजनीस्थित २३ कोठे भवन भाडामा लिई सेवाप्रवाह गरिरहेको छ । सो भवनको प्रतिमहीना बहाल रु ५९ हजार सात सय रहेको सूचना अधिकारी पौडेलले बताए ।