प्रस, वीरगंज, ३ कात्तिक/
सहकारी ठगीकाण्डमा शुक्रवार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा शनिवार वीरगंजमा विरोध -याली निकालिएको छ ।
वीरगंज ब्यारेकनजीकबाट निकालिएको विरोध -याली घण्टाघरमा पुगेर प्रधानमन्त्रीको पुतला प्रदर्शन गर्न खोज्दा प्रहरीले रोक लगाएको थियो र सो क्रममा दुवै पक्षबीच सामान्य झडप भएको थियो । ¥याली नगरपरिक्रमा गर्दै घण्टाघरमा कोणसभा गरेर समापन भएको थियो ।
रास्वपा, पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको विरोधसभामा केन्द्रीय सदस्य डा नन्दन यादवले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि एमाले–काङ्ग्रेसको गठबन्धन बनेको र अहिले षड्यन्त्रपूर्वक अध्यक्ष लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए ।
उनले सहकारी ठगीको छानबीनका लागि बनेको संसदीय समितिले पनि दोषी नदेखाएका अध्यक्ष लामिछानेलाई विभिन्न प्रपञ्च रचेर राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले पक्राउ गरिएको दाबी गरे ।
विरोधसभामा रास्वपा, पर्साका जीतेन्द्र मिश्र, पैmयाज मियाँ, चन्दन गुप्ताले मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण प्रमोद रायमाझीले गरेका थिए ।
विरोधसभामा सो पार्टीका कार्यकर्ताहरूले राजनीतिक प्रतिशोध साँध्न पाइँदैन, अधिनायकवाद चल्दैन, सरकार म¥यो, हामीलाई जूठो प¥यो, ओइ बाख्रा ओइ तेरो प्रमाण खोइ, भ्रष्टाचारी सरकार मुर्दाबाद, भ्रष्टाचारी हायहाय, ओली तेरो पाराले दुःख पायो साराले, नडराऊ रवि दाइ जनता तिम्रो साथमा छ, अन्याय गर्न पाइँदैन जनता चुप बस्दैन जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।