प्रस, वीरगंज, १ कात्तिक/
उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्धवृद्धा आश्रममा खाद्यान्नलगायतका सामग्री सहयोग गरेको छ ।
आश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्तःमनस्थिति, वृद्धवृद्धा तथा बालबालिकाका लागि भनेर दाल, चना, केराउ, नून, बिस्कुट, सर्पm, फिनेल, चाउचाउ, साबुन, खानेतेल, चिउरा, भुजालगायत सामग्री संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले आश्रमका सदस्य रामबहादुर थिङलाई हस्तान्तरण गरेकी थिइन् ।