प्रस, काठमाडौं, १ कात्तिक/
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गादान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गरेका छन् ।

बिहीवार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलामा महासचिव पोखरेलले व्यवसायी मीनबहादुर गुरुङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य भएको बताए । गुरुङले दान गरेको जग्गा एमालेले स्वीकार गरेको उनले बताए ।

महासचिव पोखरेलले गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताए ।

उनले नेपाली काङ्ग्रेसले पनि मैयादेवी श्रेष्ठले दिएको जग्गामा घर बनाएको स्मरण गरे । त्यस्तै, राप्रपाको कार्यालय पनि दाताले दिएको भएपनि त्यसको कुनै चर्चा नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here