धर्मेन्द्र चौरसिया, पोखरिया, ३० असोज/
पर्सा जिल्लाको ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयहरूमा कक्षा ८ देखि १२ सम्म अध्यापन गराइने बृहत् यौनिकता शिक्षाको अध्ययनमा विद्यार्थी र शिक्षक दुवै जिम्मेवार नभएको पाइएको छ ।

बृहत् यौनिकता शिक्षा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई अध्यापन गराइन्छ तर यो विषयको अध्ययन हुँदा विद्यार्थीहरूले चासो राख्दैनन् भने शिक्षकहरूले पनि पढाउन रुचि देखाउँदैनन् । छात्र र छात्रा दुवैलाई कक्षामा एकैसाथ पढाइँदा यस्तो समस्या हुने गरेको देखिएको छ ।

बृहत् यौनिकता शिक्षा पढाउँदा शिक्षकहरू पनि हच्किने र विद्यार्थीहरूले पनि रुचिपूर्वक नपढ्ने गरेको जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि, पोखरियाका शिक्षक पर्वत ठाकुर बताउँछन् ।

उनले यो विषयको अध्यापन गराउँदा समस्या देखिएपछि आफूले छात्र र शिक्षिका बबिता साहले छात्रालाई छुट्टै कोठामा राखेर अध्यापन गराएको बताए । यसरी अध्यापन गराउँदा अध्ययनमा केही सुधार आएको उनको भनाइ छ । जगरनाथपुर गाउँपालिका–४ स्थित नेरामावि, मसिहानीका शिक्ष्Fक रूपनारायण साह बृहत् यौनिक शिक्षा अन्तर्गतका विषयहरूमा विद्यार्थीहरूले खासै चासो नदेखाउने गरेको बताए । उनले विद्यार्थीहरूलाई यो विषयमा अध्ययन गराउँदा कक्षाकोठामा लजाउने प्रवृत्ति बढेको पाइएको बताए । ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई यौनिकता शिक्षा पढाउँदा उनीहरूमा सोसम्बन्धी ज्ञान बढेर यौन सम्बन्धित दुर्घटना न्यूनीकरण हुने देखिए पनि रुचिपूर्वक अध्ययन नगर्ने गरेको बताए ।

बृहत् यौनिकता शिक्षा अन्तर्गत महीनावारी, परिवार नियोजनका साधन, किशोरकिशोरी अवस्थालगायतका विषय अध्यापन गराइन्छ । कक्ष्Fा ९ मा यो विषय दोस्रो शीर्षकमा अध्यापन हुन्छ तर यो विषय शुरू हुँदा छात्राहरू एकातर्पm र छात्रहरू अर्कातर्पm मुख खुम्च्याएर लजाउने गरेको पोखरिया नपा–४ स्थित नेपाल राष्ट्रिय कन्या मावि, सतवरियाका शिक्षक बताउँछन् ।

उनी भन्छन्, “कक्षाकोठामा शिक्षकले यो विषय पढाउँदा छात्रछात्राहरू खुलेर पढ्न रुचाउँदैनन् । जसले गर्दा यो विषयको अध्यापनमा शिक्षकहरूले पनि खासै रुचि देखाउँदैनन् ।”

विद्यार्थीहरूको रुचि बृहत् यौनिक शिक्षामा नभएपछि शिक्षकशिक्षिकाहरूले यो विषयको अध्ययन आफैंले घरमा गर्न सुझाउने गरेको एकजना शिक्ष्Fकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here