प्रमोद यादव, पंचगावाँ, २९ असोज/
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापा नेतृत्वको टोलीले पर्साको भेडाहा खोलाबाट नम्बर नखुलेका चारवटा गिट्टी, बालुवा लोड रहेको ट्याक्टर सोमवार राति नियन्त्रणमा लिएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीको टोलीले नै सूचनाको आधारमा पटेर्वासुगौली गापाको भलुवाही खोलाबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गरी ओसारपोसार गर्दै गरेको अवस्थामा तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीले पटेर्वासुगौली गापा–२ बाट ना.७त १३३४, वडा नं १ बाट नम्बर नखुलेको, वडा नं ४ बाट ना.६त १६७४ र पर्सागढी नपा–२ को सिङ्गाही खोलाबाट ना.४त ७३८५ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको छ । ट्याक्टरमा खोलाबाट अवैधरूपमा उत्खनन गरी निकालिएको बालुवा र ढुङ्गा रहेका प्रहरीले जनाएको छ । उनले नम्बर खुलेका तीनवटा ट्याक्टर सम्बन्धित पालिकाहरूमा पठाएको र नम्बर नखुलेका चारवटा ट्याक्टर जिल्ला समन्वय समितिको कार्यालय, वीरगंज पठाइएको इप्रका, पटेर्वासुगौलीका प्रनि थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here