प्रस, पंचगावाँ, ११ असोज/
सखुवाप्रसौनी गाउँपालिकामा करेन्ट लागेर बिहीवार राति एकजनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गापा–१ सखुवनिया बस्ने ६२ वर्षीय विश्वनाथ चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो राति ९ बजे बल्ब बाल्न स्वीच थिच्ने क्रममा करेन्ट लागेर घाइते भएका चौधरीको उपचारको क्रममा शुक्रवार बिहान ३ बजे मृत्यु भएको थियो । करेन्ट लागेर घाइते चौधरीलाई नारायणी अस्पताल लगिएको र त्यहाँ उपचारको क्रममा आज बिहान मृत्यु भएको चिकित्सकले बताए ।