प्रस, वीरगंज, १० असोज/
आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत टीकाराम चौलागाईंले कर्मचारी सङ्ख्या कम भएर पनि सेवाग्राहीहरूलाई छिटोछरितो र गुणस्तरीय सेवाप्रवाह गर्दै आएको दाबी गरेका छन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घले बिहीवार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत चौलागाईंले विद्यमान करसम्बन्धी ऐन कानूनमा प्रमुख कर अधिकृतलाई आफ्नो विवेक (तजबिज) प्रयोग गर्ने अधिकार नभएको बताए । उनले करसम्बन्धी शिक्षाको अभावमा करदाताहरूले जरिवाना तिर्नुपरिरहेको बताए । उनले यो अवस्थामा कमी ल्याउनका लागि करसम्बन्धी प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिने बताए ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महŒव र अपार सम्भावनाबारे प्रकाश पार्दै सामु रहेका चुनौती तथा उद्योगी–व्यवसायीहरूले भोगिरहेका समस्याहरूका बारे प्रमुख कर अधिकृत चौलागाईंको ध्यानाकर्षण गराएका थिए । उनले निजी क्षेत्र मैत्री कर प्रशासन ल्याउनुपर्ने, करको दर नबढाइ करको दायरा बढाउनुपर्ने जस्ता सुझाव दिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल मनोज दास, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजीप्रसाद कलवार, सहकोषाध्यक्ष अनोज रूँगटालगायत उद्योगी–व्यवसायीहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here