प्रस, परवानीपुर, ९ असोज/
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालसमेतको उद्योगी– व्यापारीहरूको टोलीले पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्ना समस्याहरू बताएका छन् ।

मङ्गलवार नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्दै अध्यक्ष अग्रवाल, पूर्वअध्यक्षहरू अशोक बैद, प्रदीप केडिया, सुबोध गुप्ता, ओमप्रकाश शर्मालगायतले पर्सा/बारा औद्योगिक क्षेत्रका समस्याहरूको बारेमा सभापति देउवालाई अवगत गराएका थिए ।

उनीहरूले करको दर घटाउनुपर्ने आग्रह गरे । उनीहरूले भारत सरकारले जिएसटी लगाएर करका अन्य दरहरूलाई विस्थापित गरेझैं नेपालमा पनि सोही अनुसारको कर लागू गर्दा सजिलो हुने बताए । उनीहरूले भन्सार मूल्याङ्कनमा विभिन्न झमेला खडा गरी जरिवाना लगाउने प्रणाली खारेजीको माग गरे ।

वास्तविक बिलबीजकको आधारमा भन्सार मूल्याङ्कन गरी मालवस्तु जाँचपासको व्यवस्था हुनुपर्ने सभापति देउवासँग आग्रह गरे । यसैगरी, अग्रिम आयकर अढाई प्रतिशतदेखि १० प्रतिशतसम्म सरकारले लगाएको र साथै सो कर चालू आवमैं फछ्र्योंट गर्नुपर्ने नियम व्यवसायीको हितमा नभएको जिकिर गरे ।

यो व्यवस्थाले व्यसायीहरूलाई निकै मर्का परेकोले यसमा विचार पु¥याउन उनीहरूले आग्रह गरे । यसैगरी, बिगो वा २५ प्रतिशत धरौटी राखेर मुद्दा सुनवाइ हुने घटनामा उद्योगधन्दा चलाउन व्यवसायीसँग पैसा नभएको खण्डमा मुद्दामा धरौटीको नियम पनि खारेज हुनुपर्ने र दोषी ठहर भएपछि सजाय र जरिवानाको व्यवस्था गर्न माग गरेका थिए ।

उद्योगी–व्यापारीहरूको गुनासोमा पूर्वप्रधानमन्त्री देउवाले काठमाडौं आएर अर्थमन्त्रीसमक्ष समस्या राख्न सुझाए । उनले उद्योगी–व्यापारीहरूको समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here