प्रस, पोखरिया, ७ असोज/
जीराभवानी गाउँपालिका कार्यालयले असोज १२ गतेदेखि शास्त्रीय सङ्गीत कक्षा सञ्चालनमा ल्याउने भएको छ । शास्त्रीय सङ्गीत कक्षा सञ्चालनका लागि सोमवार मधेस प्रदेशसभा सदस्य शङ्कर चौधरीले उद्घाटन गरेका छन् ।
उनले वर्तमान अवस्थामा थारू समुदायबाट शास्त्रीय सङ्गीत लोप भइरहेको हुँदा परम्परागत रीतिरिवाजबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले गापाले सञ्चालनमा ल्याएको शाास्त्रीय सङ्गीत कक्ष्Fा प्रभावकारी हुने बताए । जीराभवानी गापाले शास्त्रीय सङ्गीत अध्यापन प्रतिष्ठान गठन गरेर शास्त्रीय सङ्गीत कक्षा सञ्चालनमा ल्याउने प्रयास गरेकोमा उनले बधाई दिए । प्रदेशसभा सदस्य चौधरीले हालको अवस्थामा थारू समुदायका कुनै पनि अभिभावकले आफ्ना बालबालिकालाई शास्त्रीय सङ्गीत सिकाउन तयार नभएको भन्दै यो क्ष्Fेत्रमा आप्mना सन्ततिहरूको सहभागिता गराउन आग्रह गरे ।
थारू समुदायको परम्परागत संस्कृतिलाई जगेर्ना गर्नुपर्ने भन्दै उनले पालिकाले गरेको प्रयासलाई अभिभावकहरूलाई हातेमालो गर्न आग्रह गरे । उनले प्रदेश सरकारबाट हुने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
शास्त्रीय सङ्गीत अध्यापन प्रतिष्ठानका अध्यक्ष सुरजराय थारूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्षहरू महादेव महतो थारू, दारासिंह राउत थारू, रामशरण खवास, शिक्ष्Fक दिनानाथ महतो, जयप्रकाश महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यस अघि पटेर्वासुगौली गाउँपालिकाले सबैभन्दा पहिले शास्त्रीय सङ्गीत कक्षा सञ्चालनमा ल्याएको थियो । सो पालिकाले प्रतिष्ठान गठन गरेर शास्त्रीय सङ्गीत कक्षा सञ्चालनमा ल्याइसकेको छ ।