प्रस, वीरगंज, ५ असोज/
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले बारा जिल्ला महागढीमाई नगरपालिकाद्वारा निर्मित बहुउद्देश्यीय गढीमाई धर्मशालाको शनिवार उद्घाटन गरेका छन् ।
सो अवसरमा मन्त्री यादवले गढीमाई क्षेत्रमा वैवाहिकलगायतका कार्यक्रमहरू गर्न हालसम्म धर्मशाला नभएको र नपाले धर्मशाला निर्माण गरिदिएकोमा धन्यवाद ज्ञापन गरे । उनले यसै वर्ष विश्वप्रसिद्ध गढीमाई मेला लाग्ने हुँदा मेलामा धर्मशाला उपयोगी हुने बताए । उनले विकास निर्माणका कामलाई स्थानीय तहले निरन्तरता दिएर जनताको मन जित्नुपर्ने सुझाए । नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।