प्रस, पर्सागढी, ४ असोज/
जीतपुरसिमरा उपमहानगरपालिका–७ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शुक्रवार साधारणसभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष सावित्रीदेवी पिप्लेको अध्यक्षतामा भएको वार्षिक साधारणसभाको वडास्तरीय सहकारी संस्थाका प्रमुख सुदन चौधरीले उद्घाटन गरेका थिए । सो अवसरमा लेखाप्रमुख शम्भु महराले संस्थाको आय–व्ययसहितको आर्थिक गतिविधि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष श्रवणकुमार गुप्ता, सचिव विपिन कुमार, कोषाध्यक्ष शम्भुवान गुप्तालगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत दशीमाया तामाङ र सहजीकरण शम्भु महराले गरेका थिए ।