प्रस, वीरगंज, २८ भदौ/
वीरगंज महानगरपालिका–४ का पूर्ववडाध्यक्ष मोहन थापाको शुक्रवार बिहान काठमाडौंको शहीद गङ्गालाल हृदयकेन्द्रमा उपचारको क्रममा निधन भएको छ ।
मुटुरोगी थापालाई तीन साता अघि सो अस्पतालमा भर्ना गरिएको थियो । पेशमेकर जडान भएको कारण मुटुसम्बन्धी समस्या अनुमान गरिए पनि उनको मृत्यु निमोनियाका कारण भएको चिकित्सकले बताए ।
थापा २० दिनदेखि अस्पतालको भेन्टिलेटरमा थिए । स्व थापा वीरगंजमा भाडाको चारचक्के सवारीसाधन सञ्चालन गर्ने पहिलो व्यवसायी पनि हुन् । उनको हलो सर पसल अहिलेसम्म सञ्चालनमा छ ।