नरेश यादव, पर्सागढी, २६ भदौ/
पर्सागढी नगरपालिकाका कार्यपालिका तथा वडा सदस्यहरूले नगरप्रमुख गोकर्ण पाठकलाई खाता सञ्चालन गर्नका लागि ज्ञापनपत्र बुझाएका छन् ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेट ११औं नगरसभा असारको १० गते सम्पन्न गरिसकेको थियो । नगरसभा सम्पन्न भएको २५ दिनभित्र आर्थिक कारोबार गर्ने कानूनी प्रावधान रहे पनि नगरपालिकाले हालसम्म खाता सञ्चालन नगरेकोले नगर कार्यपालिका तथा वडा सदस्यहरूले खाता सञ्चालनको लागि नगरप्रमुख पाठकलाई बुधवार ज्ञापनपत्र बुझाएका हुन् ।

खाता सञ्चालन नहुनुको कारण, समयमा खाता सञ्चालन नहुँदा नगरबाट विनियोजित बजेटको कार्यान्वयन समयमा नभएर ढिलाइ हुने र समयमा कार्यसम्पादन नहुँदा पर्न जाने असरको जिम्मेवारी को हुने । नगरपालिका अन्तर्गतका सम्पूर्ण कामकाजमा असर परिरहेकाले सोको जिम्मेवारी को हुने भन्ने जस्ता कुराहरू ज्ञापनपत्रमार्फत नगरप्रमुखको ध्यानाकर्षण गरिएको थियो ।

नगरप्रमुख पाठकले यसै महीनाको अन्तिमसम्म खाता सञ्चालन हुने बताए । खाता सञ्चालनमा ढिलाइ हुनुको कारण तीनवटा वडा ४, ६ र ८ ले कार्य योजनाहरू नगरपालिकामा नपठाएको हुनाले खाता सञ्चालन गर्न ढिलाइ भएको जवाफ दिएका थिए । उनले ती वडाहरूलाई चाँडो योजनाहरू पठाउन भनिएको र आएपछि यसै महीनाभित्रमा पर्सागढीको खाता सञ्चालन हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here