प्रस, जनकपुरधाम, २६ भदौ/
बालश्रम र बेचबिखनमा परेका १० जना नेपाली बालबालिकालाई भारतबाट उद्धार गरिएको छ ।
दिल्ली र सो आसपासका जिल्लाहरूबाट बालश्रममा खटाइएका सातजना बालक र बेचबिखनमा परेका तीनजना बालिकालाई उद्धार गरेर नेपाल ल्याउन लागेको हो । उद्धारमा संलग्न संस्थाले जनाएको छ ।
उनीहरूलाई बुधवार साँझ रूपन्देही ल्याइपु-याइएको र उद्धार गरिएकामध्ये केही मधेस प्रदेशका रहेको जनाइएको छ । उद्धार गरिएकाहरूलाई रूपन्देही जिल्ला प्रशासनको जिम्मा लगाइएको उद्धारकर्ता संस्था कीन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार भारतस्थित नेपाली दूतावास र कीन इन्डियाको सहकार्यमा उद्धार गरिएको हो । उद्धारपछि राष्ट्रिय बालअधिकार परिषद्को समन्वय गरेर परिवारसँग पुनर्मिलन गराउने योजना छ ।
उद्धार गरिएका बालकहरू रूपन्देही, दाङ, बर्दिया, सिराहा, रौतहटका दुईजना, कीर्तिपुरका एकजना बालक रहेको उनले जानकारी दिए ।