•राजेन्द्रप्रसाद कोइराला

बिपी कोइराला नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री थिए । नेपालमा सन् १९५९ मा भएको पहिलो आम निर्वाचनमा उनको पार्टी नेपाली काङ्ग्रेसले प्रतिनिधिसभामा दुईतिहाई बहुमत ल्याएको थियो । बिपीका धेरै प्रगतिशील नीति र कार्यक्रमहरूको घोषणाबाट राजा महेन्द्रलाई खपी नसक्नु भएर १५ डिसेम्बर, १९६० मा १८ महीनाको प्रजातान्त्रिक सरकारलाई ‘कू’ गरेर सत्ता आप्mनो हातमा लिए । बिपीलाई आठ वर्ष कैद सजाय गरियो । यो एउटा विचार र सिद्धान्तको गिरप्mतारी थियो । राजाले बिपीलाई गिरप्mतार गर्दा उनले व्यक्तिलाई होइन, एउटा विचारलाई पक्राउ गरे र राजाको व्यक्तिगत इच्छा र महŒवाकाङ्क्षा परिपूर्ति गर्न यो कदम चाले । बिपी कोइराला सन् १९६८ मा रिहा भए र आठ वर्ष भारतमा निर्वासनमा बस्न बाध्य भए ।

यो समय अमेरिका र सोभियत सङ्घबीच चरम शीतयुद्धको समय थियो । ६०–७० दशकको उत्तराद्र्धमा परिवर्तनको नयाँ लहर द्रुत गतिमा चलिरहेको थियो र दक्षिण एशिया यसको केन्द्र बनेर नयाँ भूराजनीति बनिरहेको थियो । बिपीका राजनीतिक आयामको विभिन्न कोणबाट व्याख्या र विश्लेषण गर्न सकिन्छ । यहाँ म उनको साहित्यिक उचाइबारे उल्लेख गर्न चाहन्छु ।

बिपी कोइराला ( १९७१–२०३९) लाई राजनीतिक द्रष्टा मात्र होइन, साहित्य स्रष्टा पनि भनेर पृथक स्थान बनाउन सफल भएका व्यक्तित्वका रूपमा लिने गरिन्छ । त्यस बेलाको सामाजिक चेतनाको स्तर नै नभएको समयमा यौन विषयमा साहित्य सिर्जना गर्नु आफैंमा सामाजिक क्रान्तिको बिगुल फुके सरह थियो ।

राजनीतिमा प्रजातान्त्रिक समाजवाद उनको धार थियो भने साहित्यमा मनोविश्लेषणवादी र अस्तित्ववादी स्रष्टा बने । बहुमुखी साहित्यस्रष्टा विश्वेश्वर प्रसाद कोइरालाले कविता, जीवनी, निबन्ध, आलोचना र पत्र आदि विधामा कलम चलाए पनि उनी मूलतः आख्यानकार हुन् । आधुनिक नेपाली कथामा नवीन मनोवैज्ञानिक धारा र प्रवृत्तिहरूको प्रवत्र्तन र प्रवद्र्धन गरी कोइरालाले युगान्तकारी र युगप्रवत्र्तक कथाकारको रूपमा आपूmलाई चिनाउन सफल भएको पाइन्छ । कोइरालाका उपन्यासहरू उनको जीवनचिन्तनका कलापूर्ण अभिव्यक्ति हुन् ।

उनलाई नेपालको सबैभन्दा केरिस्मेटिक (करिश्माकार) नेताको रूपमा लिने गरिन्छ । उनी नेपाली साहित्यका त्यस बेलाका सबैभन्दा धेरै पढेका र विचारशील साहित्य स्रष्टाको रूपमा चिनिन्छन् । शुरूमा उनले छोटो कथा र कविता लेख्न शुरू गरे । उनले हिन्दीमा लघुकथा लेख्न शुरू गरे । उनका पहिला कथाहरू प्रेमचन्दद्वारा सम्पादित साहित्यिक पत्रिका हंसमा प्रकाशित भएका थिए । उनको पहिलो नेपाली लघुकथा ‘चन्द्रबदन’ सन् १९३५ मा नेपाली साहित्यिक पत्रिका शारदामा प्रकाशित भएको थियो । उनी नारीको चरित्र र मनको चित्रण गर्न निकै सिपालु थिए ।

सन् १९३८ मा दार्जीलिङबाट प्रकाशित कथा कुसुम (नेपाली कथाहरूको सङ्ग्रह) मा कोइरालाका अन्य चार कथा समावेश गरिएका थिए । नेपाली साहित्यको इतिहासमा मानव मनोविज्ञानमा आधारित कथा र उपन्यास लेख्ने पहिलो लेखक भएकाले राम्रो मनोवैज्ञानिक अन्तर्दृष्टि भएका सामाजिक यथार्थवादीका रूपमा कोइरालाले सन् १९३८ सम्म आपूmलाई सबैभन्दा महŒवपूर्ण नेपाली लघुकथा लेखकका रूपमा स्थापित गरेका थिए । दोषी चश्मा, कोइरालाको १६ वटा लघुकथाको सङ्ग्रह, सन् १९४९ मा प्रकाशित भएको थियो । उनी नेपाली साहित्यमा योगदान दिने महान् लेखकमध्ये एक हुन् भन्दा फरक नपर्ला ।

राजनीतिक माध्यमबाट जीवनको विजयेच्छा (जिगीषा) चाहने कोइरालाले साहित्य र उपन्यासको माध्यमबाट जीवनको चाहना (जिजीविषा) चाहेका छन् । आधुनिक नेपाली चिन्तकका रूपमा कोइरालाले मानवजीवन र खासगरी नेपाली जीवनका सबै क्षेत्रमा स्पष्ट दृष्टि निर्माण गरे । पूर्वीय र पाश्चात्य चिन्तन तथा साहित्यको अनुशीलनबाट उनमा यस्तो स्पष्ट दृष्टि विकसित भएको हो भन्दा केही फरक नपर्ला । उनका सिर्जनामा फ्रायडवादको ठूलो प्रभाव देखिन्छ ।

सुन्दा आश्चर्य लाग्छ उनको साहित्यिक यात्राको समय भनेको २०१७ देखि २०२५ सम्म मात्र हो । कारावास बसाइको त्यो अवधिको उनले भरपूर सदुपयोग गरे । यस अवधिमा उनले छवटा उपन्यास लेखे । प्रकाशनका दृष्टिले पहिलो उपन्यास ‘तीन घुम्ती’ (२०२५) हो भने अन्त्यको उपन्यास ‘बाबु, आमा र छोरा’ (२०४५) हो । उनका अरू चारवटा उपन्यास यस प्रकार छन् : ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘मोदिआइन’ र ‘हिटलर र यहूदी’ ।

उनी यति विलक्षण प्रतिभाका धनी थिए कि तीनदेखि आठ दिनको बीचमा एउटा उपन्यास नै लेखिसक्थे । छोटकरीमा भन्दा बिपीको उपन्यास लेखनमा उनकै प्रतिभा व्युत्पत्ति र अभ्यास तथा कारावासको वातावरण मूल कारक र अनुप्रेरक रहेका छन् ।

२०२५ देखि २०२७ सम्मको अवधिलाई उनको पहिलो चरणको रूपमा लिइन्छ भने २०३६ देखि २०४५ सम्मको करीब एक दशक दोस्रो चरणको रूपमा लिइन्छ ।

उनका प्रत्येक उपन्यासमा कुनै न कुनै रूपमा मानवीय समस्या, नियति, अस्तित्व र चिन्तनलाई सर्वोपरि महŒव दिएको पाइन्छ । ‘तीन घुम्ती’मा नारीको जीवनमा आइपरेका विभिन्न सङ्कटबारे व्याख्या गरिएको छ । नारी अस्तित्वका समस्याको खोज र नियतिले देखाएका समस्याहरूको भोक्ता नारी आफैं हो भन्ने चिन्तनमा इन्द्रमायालाई प्रस्तुत गरिएको छ ।

नरेन्द्र दाइ मानव नियतिको सफल अभिव्यक्ति हो । यस उपन्यासका पात्रहरू नरेन्द्र, गौरी, मुनरिया कसैको पनि दोष देखिंदैन तर उनीहरू पूर्णतः दोषी बनेका छन् । कोही कसैसँग र स्वयम् पनि सन्तुष्ट छैनन् ।

सुम्निमामा कोइराला लेख्छन्– आध्यात्मिक र भौतिक तŒवको सहअस्तित्वमैं मानव जीवनको पूर्णता र सफलता निर्भर छ । किराँती कथालाई आधार मानी लेखिएको यस उपन्यासमा ‘सर्वधर्मसमन्वय’को दर्शन अभिव्यक्त भएको छ । यस उपन्यासले जातीय, सांस्कृतिक, भाषिक र मानवीय सहअस्तित्वको कलात्मक सन्देश दिन्छ भने मानिसलाई कृत्रिम दैवीवृत्ति छाडेर सहज मानववृत्ति अङ्गीकार गरी जीवनको गतिलाई अगाडि बढाउन सल्लाह दिन्छ ।

उनका मोदिआइन तथा हिटलर र यहुदी उपन्यासहरू गीतादर्शनमा आधारित छन् । कोइरालाका यी दुई उपन्यासमा एउटाले नेपाली सन्दर्भ लिएको छ भने अर्कोले अन्तर्राष्ट्रिय । उनले धर्मनिरपेक्षरूपमा गीताको अध्ययन गरी उपन्यासको माध्यमबाट आप्mनो नवीन दृष्टि प्रकट गरेका छन् । धर्मनिरपेक्ष भएर गीताको अध्ययन गर्दा त्यहाँ कर्तव्यपालन, धर्मरक्षा र राष्ट्रवादको नाममा अतिमानवीय शक्तिद्वारा अभिप्रेरित र निर्देशित नरसंहार, मानवताको अपमान र विध्वंसकारी युद्धविभिषिकाको दृश्य देखिन्छ । यी सिर्जनाका माध्यमबाट कोइराला भन्न चाहन्छन् कि हामी ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ ।

उनको अन्तिम उपन्यास ‘बाबु, आमा र छोरा’मा मानव नियतिको प्रबलतम नमूना र कठोर दण्डको कलात्मक अभिव्यक्ति पाइन्छ । यस उपन्यासमा चिन्तनमूलक, तर्कपूर्ण र संस्मरणात्मक अभिव्यक्तिद्वारा नियतिको शिकार नायिकाको उमेरका तीन मनोदशाको अध्ययन गरिएको छ । उपन्यासकी मूलपात्र उमा भाग्य (नियति)को दिशा निर्देशमा तीनवटा निर्णय लिन बाध्य हुन्छिन् । त्यसैले यस पुस्तकको शुरूमा नामकरण ‘त्रिभङ्गा उमा’ थियो तर पछि प्रकाशित हुँदा ‘बाबु, आमा र छोरा’ भनेर पाठकमाझ आइपुग्यो ।
कोइराला प्रजातान्त्रिक समाजवादी राजनीतिक चिन्तक र विश्लेषक हुन् भने उनकै शब्दमा उनी साहित्यतर्फ अराजकतावादी हुन् । उनी साहित्यकारका रूपमा एक बहुमुखी प्रतिभा हुन् भने मनोवैज्ञानिक कथालेखन र वैचारिक उपन्यासलेखन उनका विशिष्ट उपलब्धिहरू हुन् । साहित्यका तर्फबाट उनले पूर्वीय तथा पाश्चात्य चिन्तन, दर्शन र कलाको अध्ययनबाट वर्तमान मानव समाज र विशेषगरी नेपाली समाज सापेक्ष मौलिक चिन्तनको विकास गरी आप्mनो कुशल साहित्यशिल्पका माध्यमबाट त्यसको समायोजन गरेका छन् ।

कोइरालाका सबै कृतिमा कतै पश्चिमी कतै पूर्वीय दर्शन र चिन्तनको प्रभाव देखिए पनि कुनै एक धर्म र दर्शनको एकपक्षीय यथावत् प्रयोग गर्न यी कृतिहरू लेखिएको हो भन्ने लाग्दैन, बरु सबै धर्म र दर्शनको सार समाहित गरेर मौलिक मानवीय जीवन मूल्यलाई औपन्यासिक शिल्प प्रदान गर्न लेखिएका हुन् ।

लोकतान्त्रिक आन्दोलनको गतिमा उनको राजनीतिक कोर्सलाई अग्रगामी चिन्तनको रूपमा लिइन्छ । उनले आप्mनो जीवनका अधिकांश समय अधिनायकवादी राजनीतिको विरुद्धमा बिताए । राणा र पञ्चायतको कोपभाजनबाट उनले धेरै दुःख पाए । वास्तवमा उनले लामो समय जेल र निर्वासनमैं बिताउनुप-यो । तथापि एक राजनीतिज्ञको रूपमा र एक साहित्य स्रष्टाको रूपमा उनले आप्mनो बेग्लै पहचान बनाए । विश्व मानचित्रमा उनलाई संसारका सबै मुलुकमा एक प्रेरक राजनीतिज्ञ र साहित्यकारको रूपमा लिने गरिन्छ । हामी नेपालीलाई उनले सधैंसधैं गर्विलो बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here