नरेश यादव, पर्सागढी, १५ पुस/
पर्सागढी नगरपालिका–४ र ८ को बीचमा पर्ने टाँडीटोलका १५ घरपरिवार भीख मागेर गुजारा गर्छन्। उनीहरूका बालबालिकाहरूले अहिले पनि विद्यालयको अनुहार देख्न पाएका छैनन्।
परम्परागतरूपमा बुबाबाजेदेखि भीख माग्दै जीविकोपार्जन गरेका हुनाले उनीहरूका बालबालिका विद्यालय जान सकेका छैनन्। टाँडीटोलका अभिभावकहरू आफ्नो क्ष्Fेत्रभन्दा बाहिर भीख माग्छन् भने उनीहरूका बालबालिका पर्सागढी नगरपालिका आसपासमा भीख माग्ने गर्छन्। १२ वर्षीया सुशीला कुमारीले आफू र परिवारका सदस्यहरू भीख मागेर गुजारा गर्दै आएको बताइन्। उनले अभिभावकले अहिलेसम्म विद्यालय जान कर नगरेको बताइन्।
खेतीबारी नभएको र बस्ने घर मात्रै भएको कारण परिवारका सबैजना एकाबिहानै भीख माग्न निस्किने र साँझ सबैजना घरमा भेला हुने गरेको उनले बताइन्। उनी र उनकी सात वर्षीया बहिनी सरीता कुमारीसँगै भीख माग्ने गर्छन्। सुशीला कुमारीको परिवारमा आमाबुबा, बहिनी र दुई दाजुभाइ छन्।
गाउँतिर भीख माग्दा बच्चा देखेर मानिसहरूले चामल भीख दिने गरेका छन्। उनले अहिलेसम्म सहजै भीख पाउने गरेको बताइन्। मानिसहरू सानो बालबालिकालाई देखेर माया लागेर भीख दिन्छन्। भीख माग्नको लागि पनि अभिनय गर्नुपर्ने उनको भनाइ छ। भीख मागेर गुजारा चले पनि भीख माग्ने क्रममा अनुहार न्याउरो, रुन्चे बनाउनुपर्ने उनले बताइन्। त्यसो गर्दा मात्र मानिसले माया लागेर भीख दिने गर्छन्। भीख माग्ने क्रममा देखाइएका गतिविधिबारेमा आफू र बहिनी एकान्तमा कुराकानी गर्दै हाँस्ने गरेको सुशीलाले बताइन्। सबैको सामु हाँस्दा भीख नपाउने हुँदा एकान्तमा हाँस्नुपरेको उनले बताइन्। हाँसेर भीख माग्दा दया लागेर भीख दिनुपर्ने वातावरण अहिलेसम्म नबनेकोले परम्परागतरूपमा चलिआएको कुरालाई अँगाल्दै आएको उनले बताइन्।
ग्रामीण क्षेत्रमा भीख माग्नेहरूलाई चामल मात्र दिने गरिन्छ। उनीहरूलाई नगद दिइँदैन। तर त्यसको ठीकविपरीत वीरगंज महानगरपालिकामा भने माग्नेहरूलाई भीखको रूपमा नगद दिइन्छ तर चामल दिइँदैन। वीरगंजका भिखारीहरू पनि रुन्चे, न्याउरो  अनुहार बनाएर भीख माग्ने गर्छन्। भीख दिनेहरूको अगाडि उनीहरूको अभिनय फरक हुन्छ।
वीरगंजको घण्टाघरमा दूधे बालक लिएर भिखारी एकजना अपाङ्ग महिलाले हाँस्दा पनि भीख नपाउने गरेको हुनाले रोएजस्तो गर्नुपर्ने बताइन्। हालाकी उनी बोल्न नसक्ने बताउँछिन् तर त्यो उनको भीख माग्ने अभिनय हो कि वास्तविकता अहिलेसम्म कसैले पत्ता लगाउन सकेका छैनन्। एकाबिहानै उनी घण्टाघरदेखि पूर्व चियापसल नजीक रून्चे अनुहार लगाएर भीख माग्छिन् र एक्लै भएपछि मरीमरी हास्छिन्। उनले इसाराले हासेर भीख नपाउने गरेको कारण रोएजस्तो अभिनय गर्नुपरेको बताइन्। यी अपाङ्ग महिलाको घर बाराको त्रिवेणीमा छ भने माइती पर्साको प्रसौनीमा छ। उनका पति पनि छन् तर पतिलाई राखेर उनले भीख माग्दिनन् र दूधेबालकको सहारा लिन्छिन्। दूधेबालकलाई देखेर धेरैजनाले भीख दिने गरेको र उनले दैनिक रू ४–५ सय कमाउँछिन्।
वीरगंजमा खासगरी मन्दिरहरूममध्ये गहवामाई, महावीरस्थान र अलखियामठमा भीख माग्ने पाइन्छन्। यसैगरी भगवतीटोल, घण्टाघर, आदर्शनगर क्ष्Fेत्रमा बालबालिकाहरू भीख माग्ने र कबाडीको सामान सङ्कलनमा संलग्न रहेको पाइन्छन्।
उनीहरूलाई मानव सेवा आश्रम वीरगंजले उद्धार नगरेको होइन। आश्रममा सेवा दिंदै आएका प्रकाश थारूले गत वर्ष मन्दिर र सडकपेटीमा भीख माग्नेहरूलाई उद्धार गरी आश्रममा राखिएको तर उनीहरू त्यहाँ नटिक्ने गरेको उनले बताए। भीखमाग्ने चस्का लागिसकेको हुनाले सोही पेसामा उनीहरू फर्कनको लागि आश्रमबाट कैयन्पटक भागिसकेको थारूले बताए। वीरगंजमा खासगरी भारतीय भीखारीहरू बढी छन्। उनीहरूको देखासिकी च्यामे, मेस्तरका छोराछोरीहरू पनि यो पेसामा संलग्न भएको उनको अनुभव छ। पटकपटक उद्धार गरिए पनि भीख माग्नेको हकमा भने सफलता नपाएको उनले बताए। अहिले मानव सेवा आश्रम वीरगंजमा दुईजना बालबालिका, वृद्धवृद्धा, महिला गरी ४५ जना आश्रित छन्।
आश्रमले पुस १६ गतेदेखि पुनः सडकमा आश्रित बालबालिका, वृद्धहरूको उद्धार गर्ने  अभियान चलाउन लागेको थारूले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here