प्रस, वीरगंज, १२ भदौ/
हिन्दू महिलाहरूको सबैभन्दा ठूलो चाड तीजको अवसरमा वीरगंजमा रहेका ज्येष्ठ नागरिकहरूले दर खाएर पर्व मनाएका छन् ।

तीजको एक दिन अघि राति खाने दर पछिल्लो समयमा एक महीना अघिदेखि खाने प्रचलन नेपालमा बढेको छ । सोही क्रममा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले दर खाँदै रमाइलो गर्दै आएकामा बुधवार ज्येष्ठ नागरिक सङ्घ पर्साको महिला समितिले वीरगंज–१५ मा रहेको ज्येष्ठ नागरिक पार्कमा दर खाएर सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् । समितिकी अध्यक्ष आशा गौतमले शाकाहारी र मांसहारी दर खाएर ज्येष्ठ नागरिकहरूले पर्व मनाएको बताइन् ।

कार्यक्रममा महिला समितिका बिन्दु शर्मा, जानकी शर्मा, सरीता पण्डित, निभा दाससमेत ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष श्याम पोखरेल, सचिव विनय गौतम, मधेस प्रदेश अध्यक्ष जगदीशप्रसाद शर्मा, जीतेन्द्रपुरुष ढकाल, डा अशोक दासलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here