प्रस, वीरगंज, १० भदौ/
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल महोत्तरीको दोस्रो जिल्ला भेला सोमवार बर्दिवासमा सम्पन्न भएको छ । भेलाले गङ्गा सापकोटा सचिव रहने गरी १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिमा बुद्धिमाया कोइराला, अनिशलाल दास, बालकुमार कार्की, नानु बराइली, नीराजन साह, सञ्जीव साह, मदन बराइली, लालबहादुर ठटाल, अनिश दाहाल, इन्द्रबहादुर विक, पार्वती कार्की छन् ।

भेलामा मिथिला–भोजपुरा ब्यूरो संयोजक मदन प्रभातले पार्टीको कार्यदिशा, नीति र योजनाबारे प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका धनुषा जिल्ला सेक्रेटरी राजु भाइ, जात व्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय सदस्य बुद्धिमाया कोइरालाले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम रौतहट सम्मेलन मोतीपुर हथिसारमा हिजो शनिवार सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन मिथिला भोजपुरा ब्युरो इन्चार्ज मदन प्रभातले गरेका थिए । उनले वैज्ञानिक समाजवादी पार्टी नेता, कार्यकर्ता तथा सिङ्गो समुदायलाई आत्मनिर्भर बनाउने पार्टी भएको दाबी गरे । उनले आत्मनिर्भर अर्थतन्त्र नभएसम्म देशको विकास नहुने बताए ।

कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको सचिवालय सदस्य बैधनाथ श्रमजीवी, नेपाल कम्युनिस्ट पार्टी विप्लवको रौतहट जिल्ला इन्चार्ज विनोद काफ्ले, जात व्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय सदस्य मञ्जुदेवी रामलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण आकाश बस्नेतले गरेका थिए ।

भेलाले सौगात विश्वकर्मा सचिव रहनेगरी १९ सदस्यीय कमिटी चयन गरेको छ । आगामी असोज ३, ४ र ५ गते काठमाडौंमा हुने प्रथम राष्ट्रिय सम्मेलनको लागि भेलाले दुई/दुई जना महिला र पुरूष प्रतिनिधिसमेत छनोट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here