प्रस, वीरगंज, ९ भदौ/
नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य मुनराज तिवारीले स्ववियु निर्वाचन नहुँदा त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अस्तव्यस्त भएको र विद्यार्थीहरूले आप्mनो हकअधिकार प्रयोग गर्न नपाएको बताएका छन् । त्रिविविले आगामी फागुन १५ गते स्ववियु निर्वाचन घोषणा गरेपछि आइतवार नेविसङ्घले ठाराब क्याम्पसमा गरेको बैठकमा उनले स्ववियु निर्वाचन नहुँदा राजनीतिक दलका साथै देशलाई पनि घाटा भएको बताए । स्ववियु निर्वाचन नभएर शैक्ष्Fिक आन्दोलन र विद्यार्थीको हकअधिकार प्रस्तुत गर्ने स्थानको अभाव भएको बताए । उनले २०६५ सालदेखि स्ववियु निर्वाचन नियमित हुन नसकेको र यसपटक फागुन १५ गते निर्वाचनको मिति तोकिएकोले सोको तयारी गर्न सुझाए ।

बैठकमा ठाराब क्याम्पसका विद्यार्थी नेताहरू राजु यादव, राहुल दास, इम्तियाज हुसेनलगायतले ठाराब क्याम्पसको अवस्था दिनानुदिन नाजुक भएको बताए । उनीहरूले क्याम्पसको विकास पछि परेको र शैक्षिक विकासको लहर पनि स्ववियु निर्वाचन नहुँदा तुहिएको बताए । उनीहरूले आगामी स्ववियु निर्वाचन नेविसङ्घले जित्ने गरी तयारी गर्न सुझाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here