प्रस, परवानीपुर, ६ भदौ/
बाराको प्रसौनी गाउँपालिकाको प्रसौनी बजारदेखि पाँच सय मिटर पूर्वपट्टि बेङ्गा साह माध्यमिक विद्यालय रहेको छ । विगत केही वर्षदेखि सो विद्यालयले अब्बल विद्यालयको रूपमा पहिचान हासिल गर्न थालेको छ ।
प्रसौनी गापाका सातवटा वडासँगै बाराका कलैया उपमहानगरपालिका, प्रसौनीदेखि दक्षिण विश्रामपुर गापा, फेटा गापालगायतका केही वडाबाट पनि कक्ष्Fा १२ सम्मको शिक्ष्Fा हासिल गर्न विद्यार्थीहरू आउन थालेको प्रसौनी गापाले जनाएको छ ।
वीरगंज–कलैया सडकखण्डसँगै टाँसिएको सो विद्यालयमा हाल नेपाली र अङ्ग्रेजी दुवै माध्यममा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यसै वर्षदेखि कक्ष्Fा ६, ७, ८, ९ का लागि अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन शुरू गराइएको गापाले जनाएको छ ।
एक कार्यक्रममा विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्ययनरत आठजना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । यस वर्षको त्रैमासिक परीक्ष्Fामा उत्कृष्ट अङ्क ल्याउने प्रत्येक कक्ष्Fाका चारजना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पुरस्कार दिइएको उनले बताए । कार्यक्रममा गापा अध्यक्ष्F विनोद जयसवालले गापाको शैक्षिक अवस्था सुधारको लागि आफू निरन्तर खटिरहेको बताउँदै केही कमीकमजोरी भए सुधार गर्ने प्रतिबद्धता जाहेर गरे ।
“कुन शिक्ष्Fकले पढाउँदैनन्, कहाँ शिक्ष्Fकको अभाव छ, कहाँ भौतिक पूर्वाधार र सेवासुविधा चाहिन्छ, सोको जानकारी विद्यार्थी र अभिभावकले मलाई भन्नुपर्छ । त्यसको समाधान म गर्छु,” उनले भने । गापा अध्यक्ष जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष किरण देवी, शिक्ष्Fा शाखा प्रमुख सन्तोष रौनियार, प्रअ मनोज साह, अङ्ग्रेजी माध्यमका कक्ष्Fा संयोजक अनुज यादवलगायत विद्यार्थी, अभिभावकको उल्लेख्य सहभागिता थियो ।