प्रस, परवानीपुर, ६ भदौ/
सशस्त्र प्रहरी बल १३ नं गण पर्सा मातहतको प्रस्तावित वीरगंज भन्सार राजस्व चुहावट नियन्त्रण गुल्म सशस्त्र प्रहरी बलको युनिटले ४५ हजार आर्थिक लाभ लिएर तापक्रम नाप्ने मेशीन छोडेको छ ।
केही साता अघि भारतबाट भारु करीब चार लाखमा खरीद गरी भन्सार छली भिœयाउँदै गर्दा सो सामान सशस्त्र प्रहरीको चेक प्वाइन्टमा समातिएको थियो । तर बिचौलियाले रु ४५ हजार गुल्मका अधिकारीहरूलाई दिएपछि सो सामान छाडिएको बुझिएको छ ।
वीरगंज–पथलैया औद्योगिक कोरिडोर अन्तर्गत एउटा कागज उद्योगमा मेशीनको तापक्रम नाप्न
सो मेशीन आवश्यक परेकोले भारतबाट भन्सार छली गरी नेपाल भिœयाउँदै गरिएको थियो । जीतपुरका जगरनाथ ठाकुरले सो मेशीन भिœयाएका हुन् ।
वीरगंज भन्सारमा सशस्त्र प्रहरीले तस्करीलाई निकै कडाइ गरेको अवस्थामा घूस लिएर तापक्रम नाप्ने मेशीन छोडिएको घटना सार्वजनिक हुनु सशस्त्र प्रहरी र राजस्व चुहावट नियन्त्रण गुल्म वीरगंज भन्सारको लागि निन्दनीय भएको बताइएको छ ।
यस विषयमा वीरगंज भन्सारस्थित सशस्त्र प्रहरी बलको प्रस्तावित राजस्व चुहावट नियन्त्रण गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्ष्Fक सुरज रिमालले आफूले घूस लिएर कुनै पनि सामान नछाडेको बताए । एकजना त्यस्तो सामान लिएर आएका थिए तर उनलाई रक्सौल फिर्ता पठाइएको बताउँदै उनले घटनामा सत्यता नभएको दाबी गरे ।
“मैले के गरेको छु, कति राजस्व सङ्कलन गरेको छु, कति सामान पक्राउ गरेको छु, त्यसको समाचार लेख्नुस्, कुनै पनि सामान मैले छाडेको छैन । यो सबै निराधार आरोप हुन्,” उनले भने ।