प्रस, वीरगंज, ५ भदौ/
आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले सरकारले वैदेशिक रोजगारका ठगहरूलाई संरक्षण गरेको आरोप लगाएका छन्।
रौतहटको छतौना र विश्रामपुरमा बुधवार वैदेशिक रोजगारमा ठगी गर्नेलाई सरकारले कारबाई गर्छ कि संरक्षण गर्छ भन्ने विषयमा आयोजित अन्तत्र्रिmयामा बोल्दै अध्यक्ष साहले वैदेशिक रोजगारका ठगहरूलाई सरकारले कारबाई नगरेर संरक्षण गरेको आरोप लगाए।
उनले गाउँका गरीब युवाहरू रोजगारको लागि विदेशिने गरेका र त्यस्ता युवाहरूलाई ठग्ने म्यानपावर कम्पनीका ठगहरूलाई सरकारले संरक्षण गर्दै आएको आरोप लगाए।
उनले वैदेशिक रोजगारको क्रममा युवाहरू ठगिने गरेको कुरा सरकारलाई अवगत नभएको होइन तर त्यसका मतियारहरूलाई सरकारले नै संरक्षण गर्दै आएको हँुदा वैदेशिक रोजगारको नाममा ठगी धन्दा मौलाएको उनले आरोप लगाए।
उनले सरकारले म्यानपावर कम्पनीसँग मिलेर मानव तस्करी गरिरहेको आरोप लगाए। केही मन्त्री र सरकारमा सहभागी दलका नेताहरूले कमिशनको लोभमा यस्ता गैरकानूनी धन्दालाई सघाएको र म्यानपावर कम्पनीहरूले उनीहरूकै आडमा ठगी धन्दा चलाइरहेको आरोप लगाए।