प्रस, पोखरिया, ३ भदौ/

पोखरिया–मिर्जापुर सडक अन्तर्गत पोखरिया–३ वसन्तपुर र लङ्गडीबीचको कलभर्ट नजीकको बाटो भासिएको छ। 

वर्षाको कारण कलभर्टसँगै रहेको कालोपत्र सडक भासिएको आज चौथो दिन भइसक्दा पनि त्यसको मरम्मत सम्भार भएको छैन। ३० फिटको यो सडकखण्डमा कलभर्ट नजीक आधाभन्दा बढी सडक भासिएर खाल्डो भएको छ। 

दुई–तीन वर्ष पहिले मात्र यो सडक निर्माण भएको थियो। अहिले सडक भासिएपछि दुई चक्के सवारीसाधन मात्र सञ्चालनमा छन्। रातिको समयमा यो सडकखण्डबाट आवतजावत गर्न अहिले दुई चक्के सवारी साधनलाई अप्ठ्यारो हुने गरेको छ। अहिलेसम्म दुर्घटना भएको छैन तर सडक मरम्मत नहुँदा कुन बेला दुर्घटना हुन्छ ठेगान छैन। भासिएको सडक मरम्मत गर्नेतर्फ कसैले पनि चासो देखाएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here