प्रस, वीरगंज, २ भदौ/
यसै वर्षको मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई भदौ २० गतेसम्म फारम बुझाउन जिल्ला खेलकूद विकास समिति, पर्साले अनुरोध गरेको छ।

मङ्सिर २–९ गतेसम्म कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकूद प्रतियोगिता हुन गइरहेकोले त्यसमा मधेस प्रदेशको पनि सहभागिता हुने र पर्सा जिल्लाबाट प्रतियोगिताको लागि इच्छुक खेलाडीहरूले नाम दर्ता गरी फारम भरी खेलकूद विकास समितिमा बुझाउन आग्रह गरिएको छ।

२० गतेसम्म फाराम बुझाउने खेलाडीहरू प्रतियोगितामा सहभागी हुन पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here