बलिराम शुक्ला, बिरुवागुठी, ३२ साउन/
डिभिजन वन कार्यालय, पर्साले पर्साको राष्ट्रिय वन क्षेत्रभित्र करीब २७ हेक्टर क्षेत्रफलमा यस वर्ष वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
डिभिजन वन कार्यालय, पर्साले सबैया साझेदार वन सबैया, विन्ध्यवासिनी कोइलाभार साझेदारी वन बडनिहार र गादीमाई साझेदारी वन रङ्गपुर क्षेत्रभित्रको वन फँडानी तथा नदी किनार वन क्षेत्रभित्र करीब २७ हेक्टर क्षेत्रफलमा ४३ हजार विभिन्न जातका बिरुवा रोपेको डिभिजन वन कार्यालय, पर्साका प्रमुख वन अधिकृत सुनीलकुमार कर्णले बताए ।
सबैया साझेदारी वन क्षेत्रभित्र रहेको भेडाहा नदी संरक्षणको लागि करीब सात हेक्टर नदी किनारमा खयर, टिक गरी १२ हजार बिरुवा रोपिएको वन अधिकृत कर्णले बताए । त्यसैगरी, विन्ध्यवासिनी कोइलाभार साझेदारी वन क्षेत्रका खाली ठाउँ (सात हेक्टर क्षेत्रफल)मा खयर, टिक गरी १२ हजार बिरुवा र गादीमाई साझेदारी वन क्षेत्र रङ्गपुरको भलुवाई खोला आसपास वन क्षेत्रभित्र खयर, सिसौं र टिक गरी करीब १३ हेक्टर क्षेत्रफलमा २० हजार बिरुवा गरी २७ हेक्टर वन क्षेत्रभित्र ४३ हजार बिरुवा रोपेर संरक्षणको लागि तारबार लगाइएको छ । यसैगरी, वृक्ष्F संरक्ष्Fणको लागि सो क्ष्Fेत्रमा हेरालुको पनि व्यवस्था गरिएको प्रमुख वन अधिकृत कर्णले बताए ।
यस अघि बर्सेनि वृक्षारोपण गरिने तर संरक्षण व्यवस्था नहुँदा बिरुवाहरू त्यत्तिकै नष्ट हुने गरेका थिए । सोही कुरालाई दृष्टिगत गरी गत वर्ष वृक्षारोपणसँगै तारबार गरेर हेरालु राखी संरक्ष्Fणको व्यवस्था गरिएको हो ।