रामेश्वर मेहता, सिम्रौनगढ, ३२ साउन/
हरियो तरकारीको लागि प्रसिद्ध सिम्रौनगढ क्षेत्रमा पछिल्लो समय बेमौसमी तरकारीखेतीतर्फ किसानहरू आकर्षित भएका छन् ।

मौसमी हरियो तरकारीखेतीको लागि सिम्रौनगढ क्ष्Fेत्र शुरूदेखि पर्सा, बारा, रौतहटमध्ये अग्रस्थानमा रहँदै आएको छ । यहाँबाट उत्पादित हरियो तरकारी पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन र काठमाडौंसम्म पुग्ने गर्छ । सिम्रौनगढ क्षेत्र अन्तर्गत हाल सिम्रौनगढ नगरपालिका, पचरौता नपा र आदर्श कोतवाल गाउँपालिकाका विभिन्न स्थानमा हरियो तरकारीखेती हुँदै आएको छ ।

सिम्रौनगढ नपाको अमृतगंज, जानकीभार, खजानी, झवानी, हरिहरपुर, नैकाटोला, पचबर्वा, महुवाही, सानो इँटवाल, ठूलो इँटवाल, कमलपुर, देवापुर टेटा, आदर्श कोतवाल गापाको कोतवाली, आदर्श च्युटाहा, टेडाकट्टी, जमुनिया, रूपैलिया, पचरौता नपाका चिकनी पकडिया, बेल्दारी, पिपरपाती, बेनौली, श्रीनगर बैरिया, बलघुसुवा टोलमा हरियो तरकारीखेती हुने गरेको छ ।

पछिल्लो समयमा यहाँका किसानहरू मौसमी तरकारीखेतीसँगै बेमौसमी तरकारीखेती गर्दैछन् । मौसमी तरकारीखेतीभन्दा बेमौसमी तरकारीखेतीबाट बढी नाफा हुने गरेका कारण यहाँका किसानहरू अहिले यसतर्फ आकर्षित भएका हुन् । मौसमी हरियो तरकारीमा यो क्षेत्रमा आलु, प्याज, कोभी, बन्दा, भन्टा, गोलभेंडा, कटहर, झिगनी, घिरौला, रामतोरई, परवल, चुकुन्दरलगायतका तरकारीहरू लगाइन्छ ।

यसैगरी, बेमौसमी तरकारीखेतीमा कोभी, करैला, गोलभेंडा, रामतोरई, भन्टाको खेती हुने गरेको छ । अहिले सिम्रौनगढ क्षेत्रमा बा¥है महीना हरियो तरकारीखेती हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here